हायर सेकेण्डरीको टेस्ट परीक्षामा फेल भएकाहरुलाई पास गराएको आरोप

IMG-20241229-WA0140

सिलगढी/विधाननगर: प्रधानाध्यापकले पैसा लिएर हायर सेकेण्डरीको टेस्ट परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीलाई पास गराएको आरोप लागेको छ। सन्तोषिनी विद्या चक्र उच्च विद्यालयका प्रभारी शिक्षकमाथि यस्तो आरोप लागेको छ। यस वर्ष उच्च माध्यमिकको टेस्ट परीक्षा फेल भएका विद्यार्थीहरूलाई विद्यालयका कार्यवाहक प्रधानाध्यापकले व्यक्तिगत रूपमा बोलाएर एक हजार दिए टेस्ट परीक्षा पास गराइने भन्ने कुरा गरेको छ विद्यार्थीहरूले आरोप लगाएका छन्। समाचारअनुसार, प्रधानाध्यापलाई हजार रुपियाँ बुझाएपछि घटनाको जानकारी हुँदा कार्यवाहक प्रधानाध्यापकले स्कूलको व्हाट्सएप ग्रुपमा पैसा फिर्ता गर्ने वाचा गरेको  गरेl यस विषयमा प्रतिक्रिया दिँदै विधाननगर सन्तोषिनी विद्या चक्र उच्च  विद्यालयका कार्यवाहक प्रधानाध्यापक अलक कुमार विश्वासले भने, “फर्म भर्न र लेट फाइनका साथै शैक्षिक भ्रमणका लागि पैसा लिइएको हो। पैसा फिर्ता गर्नुपर्छ भन्ने कुरामा हामी सहमत छौं, र पहिलोमा खुद्रा पैसा नभएका कारण फिर्ता गर्न ढिलाइ भएको हो।” विद्यालयका अध्यक्ष शिवेश भौमिकले भने, “मलाई यस विषयमा जानकारी छैन। यो पूर्ण रूपमा आपराधिक कार्य हो। यदि आरोप प्रमाणित भयो भने विद्यार्थीहरूलाई उनीहरूको पैसा फिर्ता गरिने छ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement