सियोल: दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा विमान रनवेमा यस दुर्घटना हुँदा १७९ जनाको मृत्यु भएको आशंका गरिएको छ। मानिसहरूको उद्धार गरिएको छ, र घाइते यात्रुहरूलाई अस्पतालमा भर्ना गरिएको छ। यो विमान थाइल्याण्डबाट फर्किरहेको बताइएको छ। विमान दक्षिण कोरियाको मुआन विमानस्थलमा अवतरण गरिरहेको थियो। त्यही क्रममा विमान रनवेमा चिप्लिएर पर्खालमा ठोक्किएको समाचार छ। जसका कारण विमानमा आगो लाग्यो। कोरिया टाइम्सका अनुसार दिउँसो १:३० बजे थाइल्याण्डबाट उडेको जेजु एयरको विमानमा १७३ कोरियाली, दुई थाई यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए र बिहान ८:३० बजे विमानस्थलमा अवतरण गर्ने कार्यक्रम थियो। जानकारीका अनुसार विमानले शुरुमा अवतरण गर्ने प्रयास गरेको थियो तर अवतरण हुनसकेन। त्यसपछि विमानस्थलको परिक्रमा गरी फेरि अवतरण गर्ने प्रयास गरे पनि रनवेमा चिप्लियो। त्यसपछि विमान रनवेको छेउमा पर्खालमा ठोक्कियो र आगो लाग्यो। दुर्घटना भएको ४३ मिनटपछि आगो निभाइएको समाचारहरू बताइएको छ। ‘केबीएस वर्ल्ड’का अनुसार कोरिया एयरपोर्ट कर्पोरेसन र साउथ जियोला स्टेट फायर ब्रिगेडका अधिकारीहरूले भने कि थाइल्याण्डबाट १७५ यात्रु र ६ फ्लाइट अटेन्डेन्टहरू लिएर आउँदै गरेको जेजु एयरको विमान स्थानीय समयअनुसार, आइतबार बिहान ९:०७ बजे विमानस्थलमा अवतरण गरेको थियो। त्यसपछि यो दुर्घटना भयो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको समाचारअनुसार जेजु एयरलाइन्सको उडान २२१६ थाइल्याण्डबाट फर्कदै थियो। स्थानीय अधिकारीका अनुसार अहिलेसम्म दुई जनाको उद्धार गरिएको छ। विमानको पछाडिबाट यात्रुलाई बाहिर निकाल्ने काम गरियो। विमानमा जम्मा १८१ जना सवार थिए। जसमध्ये १७५ यात्रु र ६ जना चालक दलका सदस्य थिए। दुर्घटनास्थलबाट कालो धुवाँको मुस्लो निस्केको देखियो। अवतरण गर्ने क्रममा गियरमा प्राविधिक गडबडीका कारण चरा ठोक्किएर दुर्घटना भएको हुनसक्ने अनुमान पनि गरिएको छ। दुर्घटनापछि लागेको आगो लगभग निभाएको समाचारहरूमा उल्लेख छ। विमानबाट जिउँदै निकालिएका दुई जना यात्रु र चालक दलका सदस्य हुन्।