जलपाईगढी: जलपाईगढी रेसकोर्स पाडा नारी जागरण समितिले नौ दिने श्रीमद भगवतदेवी पुराण वाचन आयोजना गरेको छ। गत वर्ष सात दिनसम्म भागवत पुराणको आयोजना गरेको समितिका सदस्यहरुले यसपटक नौ दिनसम्म श्रीमद्भागवत देवी पुराणको आयोजना गरिएको बताए। श्रीमद देवी पुराण वाचन गर्न टाढा टाढाबाट हजारौंको संख्यामा मानिसहरुको भीड लागेको छ। यस पर्वमा दार्जीलिङ, कालेबुङलगायत राज्यका विभिन्न भागका मानिसहरुको सहभागिता रहेको छ। सम्पूर्ण विश्वको शान्तिका साथै विभिन्न कारणले ज्यान गुमाएकाहरुको आत्माको शान्तिको लागि यो व्यवस्था गरिएको हो।