सिलगढीमा ब्राउन सुगरसित दुइजना बदमास पक्राउ

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको स्पेशल अपरेशन ग्रुप (एसओजी) ले गत साँझ मिलन मोड़ इलाकामा मादक पदार्थ किनबेच गर्ने दुवैलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू सुदीप गुप्ता र मासुम शेख सामेल छन्। तीमध्ये सुदीप प्रधान नगर थाना अन्तर्गत बाघा जतिन कोलनी र मासुम शेख कालियाचोक निवासी हुन्। एसओजीले पक्रा परेकाहरूबाट २७५ ग्राम ब्राउन सुगर जफत गरेको छ भने यसको अनुमानित बजार मूल्य करोड़ रुपियाँ रहेको बताइएको छ। प्रधान नगर थाना अन्तर्गत मिलन मोड़ इलाकामा मादक पदार्थ तस्करी गरिने एसओजीले गोप्य सुइँको पाएपछि प्रधान नगर थाना पुलिसलाई साथमा लिएर उक्त इलाकामा अभियान चलाएर २७५ ग्राम ब्राउन सुगर सहित दुइजना युवकलाई पक्राउ गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement