जलपाईगढी: मैनागढी ग्रामीण अस्पतालमा एक बिरामीको मृत्युलाई लिएर परिवारका सदस्यहरूले हंगामा गरे। उनीहरूले चिकित्सकले उपचारमा लापरवाही गरेको आरोप लगाएका छन्। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा पुलिस परिचालन गर्नु पर्यो। समाचारअनुसार, मैनागढी न्यू मार्केटकी मन्दिरा बोसलाई पखाला र ज्वरोका कारण अस्पताल भर्ना गरिएको थियो। उनलाई शनिबार बिहान ९ बजे अस्पतालमा भर्ना गरिएको बिरामीका परिवारले बताए। उपचारपछि चिकित्सकले राति घर लैजान सल्लाह दिए। राति बिरामीको अवस्था बिग्रिएपछि आज बिहान उनको मृत्यु भएको बताइएको छ। बिरामीका परिवारले कर्तव्यमा लापरवाही गरेको भन्दै अस्पतालमा प्रदर्शन गरे। कुनै अप्रिय घटना हुन नदिन राति अस्पताल परिसरमा बाक्लो संख्यामा पुलिस परिचालन गरियो। तर, डाक्टरसँग सम्पर्क गर्ने प्रयास भने हुनसकेन। घटनाबारे लिखित उजुरी दिने बिरामीका आफन्तले बताएका छन्l मैनागढी अस्पतालका बीएमओएच डा शितेश बारले अस्पतालमा पूर्वाधार नभएको स्वीकार गरेको बताइएको छ। घटनामा लापरवाही भए नभएको छानबिन गर्न छानबिन टोली गठन गरिने उनको भनाइ छ। भविष्यमा यस्ता घटना हुन नदिनका लागि पहल गर्ने उनको भनाइ छ। तर, आइतबार बिहान ८:५ बजेसम्म बिरामीका परिवारले लिखित उजुरी दिएका थिएनन्।