सिलगढी: सिलगढी पुलिस थानाले लुटपाट हुनअघि नै पाँच जनालाई पक्राउ गरेको छ। उनीहरुको नाम बप्पा साहनी, ब्रिजेन तामाङ, मंगल घोष, करण बर्मन र रवि रोय बताइएको छ। पुलिस स्रोतका अनुसार, शनिबार राति १०–१२ जनाको समूह पुलिस चौकीअन्तर्गतको पीएनटी गल्लीमा केही असामाजिक कार्य गर्ने तयारीमा रहेको आरोप छ। यसबारे सूचना पाएपछि पुलिसले छापा मारेर पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।