कबड्डी प्रशिक्षण एवं अनुकूलन शिविरको समापन

IMG-20241228-WA0281

गान्तोक: कबड्डी एसोसिएशन अफ् सिक्किमको तत्वावधानमा आयोजित १० दिवसीय कबड्डी प्रशिक्षण एवं अनुकूलन शिविरको समापन भएको छ। यो शिविर पूर्व सिक्किमको लिङ्गदोक वरिष्ठ माध्यामिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको थियो जसमा राज्यका सबै जिल्लाका ६० जना किशोर-किशोरी कबड्डी खेलाड़ीले सहभागिता जनाएका थिए। कबड्डी एसोसिएशन अफ् सिक्किमका महासचिव ललित पोख्रेलले जानकारी गराएअनुसार सिक्किम राज्यबाट भविषयमा कबड्डी खेलमा दक्ष खेलाड़ीहरू तयार पार्ने उद्देश्यले यस प्रशिक्षण शिविर आयोजना गरिएको हो। यसको साथै यो आगामी ५ देखि ७ जनवरीसम्म आयोजना हुने राज्यस्तरीय कबड्डी च्याम्पियनशीपको तयारी पनि रहेको उनले थप बताए। प्रशिक्षण शिविरको समापन समारोहमा राज्य सरकारको खेलकुद एवं युवा मामिला विभागका उप निर्देशक युदुनाथ शर्मा मुख्य अतिथि रहेको थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement