सिक्किम र दार्जीलिङमा बहाईको शीतकालिन शिविर

IMG-20241228-WA0279

गान्तोक: सिक्किम दार्जीलिङ क्षेत्रीय बहाई प्रशिक्षण संस्थानद्वारा आयोजित दुई सप्ताहव्यापी शीतकालीन शिविर स्थानीय रानीपुल नजिकस्थित सरमसा अनि पश्चिम पाण्डाममा उत्साहपूर्ण सम्पन्न भयो। संस्थानले यस प्रकारको अभियान सिक्किम लगायत खरसाङको सिङगेल कमानमा पनि आयोजन गरेको छ। गत १७ दिसम्बरदेखि शुरु भएको शीतकालीन अभियानमा पाण्डाम, सरमसा अनि सिङगेलमा लगभग २०० जना युवा र प्रौढजनले सहभागिता जनाएका थिए। अभियानको क्रममा रुही संस्थानका पाठ्यक्र्महरु अध्ययन गर्न सहभागीहरु तोकिएका विभिन्न समूहमा भेला भएका थिए। प्रत्येक दिन आफ्नो अध्ययन सर्कलमा घण्टौको लागि अध्ययन गरे तथा सोध गरेका थिए। जसमा बालवलिका अनि किशोर तथा युवाहरुको लागि छुट्टै प्रकारको कक्षाको प्रबन्ध गरिएको थियो। यस शिविपरमा समाजलाई कसरी नेतृत्व गर्न सकिन्छ सोबारे जानकारी कसरी योगदान गर्ने त्यसबारे जानकारी हासिल गरेका थिए। सहभागीहरुले बहाउल्लहको प्रकटीकरणको मानवीय भौतिक रोगहरुलाई निको पार्ने उपायलाई जनमानसमा फैलाउने सपना लिएर आएका थिए। बहाईहरू विश्वव्यापी प्रक्रियामा संलग्न छन जसले बहाउल्लाहका शिक्षाहरूलाई समाजको रूपान्तरणमा लागू गर्न आफ्नो क्षमता लगाएर मदत गरिरहेका छन्।

यस प्रक्रियामा योगदानको रूपमा रुही संस्थानले व्यक्ति र समुदायको मानवताको सेवा गर्ने क्षमता बढाउने कार्यक्रमहरू नियमित रुपमा सिकाउँदै आएको छ। प्रत्येक व्यक्तिमा क्षमता अभिवृद्धि गर्न र सेवाको बाटोमा हिड्ने दिशामा काम गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement