मेलबर्न: भारतका महान ब्याटर सुनिल गावस्करले ‘मूर्खतापूर्ण शट्’ खेल्ने रिषभ पन्तको आलोचना गरेका छन्। अष्ट्रेलियाविरुद्ध यहाँ जारी चौथो (बक्सिंग डे) क्रिकेट टेस्ट म्याचमा भारतलाई एउटा असल पार्टनरशीपको आवश्यकता रहेको समय पन्तले लापरवाहीपूर्ण शट् खेलेर आफ्नो विकेट गुमाए। पन्त स्कट बोलाण्डको बलिंगमा फाइनल लेगमा स्कूप शट् खेल्ने प्रयासमा डीप थर्डम्यानमा उभिएका न्याथन लायनको हातमा क्याच आउट भए। मैदान कमेण्ट्री गरिरहेका गावस्करले भने, यो साँच्चै मूर्खतापूर्ण काम हो। त्यहाँ दुईजना फील्डर रहेका छन् अनि उनले केही नसोची शट् खेले। त्यसअघि एउटा शट्मा चुके पनि उनले डीप थर्ड म्यानमा क्याच दिए। यो त आफ्नो विकेट फ्याँकेर आउनु बराबर हो। टीमलाई पार्टनरशीपको आवश्यकता रहेको समय पन्तले निराशाजनक शट् खेले। परिस्थितिलाई बुझ्नु जरूरी छ। यो उनको स्वाभाविक खेल हो भनेर सफाई दिन सकिँदैन। त्यो मूर्खतापूर्ण शट् थियो। तपाईंले टीमलाई निराश गर्नु भयो। गावस्करले १७६ बलमा अविजित १०५ रन बनाउने २१ वर्षीय नीतिश कुमार रेड्डीको चाहिँ प्रशंसा गरे। रेड्डीको ब्याटिंगको प्रशंसा गर्दै गावस्करले उनको शतकलाई भारतीय टेस्ट क्रिकेट इतिहासको यादगार शतकहरूमा एक बताए। गावस्करले भने, रेड्डीले आज परिपक्कताको साथ ब्याटिंग गरेर सबैको मन जिते। यो भारतको तर्फबाट टेस्ट क्रिकेटमा सबैभन्दा यादगार शतकहरूमा एउटा हो।










