गान्तोक: पर्यटकहरू चड़ेको एउटा वाहन एसके ०१ जे १०२० आज साँझ पूर्व सिक्किमको रङ्गेलीदेखि केही माथि रोलेप र लामातेनबीच दुर्घट्नाग्रस्त हुँदा कम्तिमा दुई पर्यटकको घट्नास्थलममा नै मृत्यु भएको समाचार प्राप्त भएको छ। जानकारीअनुसार मृतकहरू आमा-छोरी रहेका छन्। दुर्घट्नाको समय वाहनमा चालकलगायत ६ जना सवार रहेको थाहा लागेको छ।