सांसद सुब्बाले महाराष्ट्रका मुख्यमन्त्रीलाई दिए शुभकामना

IMG-20241228-WA0260

गान्तोक: लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नविस मुम्बईमा भेट गर्दै उनको ऐतिहासित जितको निम्ति शुभकामना दिएका छन्। भेटको क्रममा सांसद सुब्बाले उनको दूरदर्शी नेतृत्वले मुम्बई मेट्रो, नागपुर मेट्रो र समृद्धि महामार्ग जस्ता ऐतिहासिक पूर्वाधार परियोजनाहरू, साथै शासन र व्यवसायमा सुधारहरू मार्फत महाराष्ट्रलाई रूपान्तरण गरेको बताए। यस अवसरमा एचएमपीले किसान, महिला र ग्रामीण समुदायका लागि पहलहरू सहित सामाजिक कल्याणप्रति उनको समर्पणले दिगो प्रभाव छोडेको बताए। असाधारण अन्तर्दृष्टि र कार्यका नेता, फर्नाडीसले गरेको प्रगति र विकासलाई निरन्तर प्रेरित गरिरहेको जानकारी गराए। उनको नेतृत्वमा सिक्किम र महाराष्ट्र बीचको घनिष्ठ सम्बन्धलाई बढावा दिन तत्पर रहेको अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement