गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम सरकारको नवनियुक्त मुख्य सचिवको रूपमा पदोन्नति भएकोमा आर तेलाङलाई बधाई प्रकट गरेका छन्। मुख्यमन्त्री तामाङले सार्वजनिक सेवा कार्यको आदर्शप्रति तेलाङको समर्पण, विशेषज्ञता, दृढता र प्रतिबद्धताको प्रमाण रहेको खुलेर प्रशंसा गरेका छन्। मुख्यमन्त्रीले थप उल्लेख गरेअनुसार उनको कार्यकालमा सिक्किमले प्रभावकारी शासन सुनिश्चित गर्दै विकास समृद्धिको सफलता हासिल गर्नेछ। मुख्यमन्त्री तामाङले यस महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका छन्। अर्कोतिर मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका निवर्तमान मुख्य सचिव भीबी पाठकलाई कृतज्ञता जाहेर गर्दै उनको सेवाकालमा सिक्किमका जनताको हितमा कैयौं सेवा कार्य भएको उल्लेख गरेका छन्। यसका साथै उनको सुस्वास्थ्य, सफलता र सेवानिवृत्त जीवनको कामना पनि व्यक्त गरेका छन्।