इम्फाल(मणिपुर): इम्फाल ईस्ट जिल्लामा शनिवार सॉंझदेखि थामनपोकपी र सनासाबीमा हालैमा भएको गोलीबारीमा संलग्न सशस्त्र बिद्रोहीहरू विरुद्ध कारबाही शुरू गरिएको छ।
मणिपुर पुलिस सुत्रका अनुसार, मणिपुर पुलिस, सीआरपीएफ, भारतीय सेना र बीएसएफको संयुक्त सुरक्षा बलहरूको टीमले यइंगंगपोकपी र छेउछाउको पहाडी क्षेत्रहरूमा खोजी अभियान शुरू गरिएको छ।
सुरक्षा बलहरूलाई सैबोल छेउ कूकी महिलाहरूले रोकेको कारण फर्किन बाध्य बनाए।
यसै बीच, चुराचान्दपुर जिल्लाको मुल्लम गाउॅं छेउ ठूलो संख्यामा हतियार र गोलाबारूद बरामद गरिएको छ। बरामद गरिएका हतियारहरूमा एउटा इन्सास राइफल, एउटा ९ मिमी देशी पेस्तोल र एउटा सिंगल ब्यारल राइफल छन्।










