अमेरिकाले बाल्ड इगल नामको गिद्धलाई राष्ट्रिय चराको मान्यता दिएको छ। क्रिसमसको दिनमा राष्ट्रपति बाइडेनले औपचारिक मान्यता दिने कुरालाई अन्तिम हस्ताक्षर गरेका छन्। १७८२ बाट अमेरिकी सरकारी दस्ताबेजमा यो गिद्ध प्रयोग हुँदै आएको छ भने सन १९४० बाट मार्न र बिक्री गैर कानुनी छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार अमेरिका स्थापनाका एक पिता बेन्जामिन फ्राङ्क्लिनले ‘खराब नैतिक आचरण’मा जोडिने चरा भएकोले बनाउन असहमत थिए। तर, बलियो, लामो आयु भएको बहादुरीको र स्वतन्त्रताको प्रतीक भएकोले बाल्ड इगल भनिने गिद्धलाई नै मान्यता दिनुपर्ने पक्षमा सदन थियो। बाल्ड इगल उत्तर अमेरिकामा मात्र पाइने गिद्ध हो।









