सिलगढ़ी: मेयर गौतम देवले सिलगढ़ीमा पेयजल संकटको लागि पूर्व वाम बोर्डलाई जिम्मेवार बताएका छन्। शनिवार ‘टक टू मेयर’ कार्यक्रममा शहरका विभिन्न वार्डहरूबाट आएका वार्डबासीले मेयरसंग पेयजल संकटको गुनासो गरेपछि मेयरले भने, लामो समयदेखिकै फुलबाड़ीको पेयजल ट्रीटमेन्ट प्लान्टको लेदो सफा भएको छैन।
त्यहाँ लेदो जमिएको कारणले पानी अटाउन सक्ने क्षमता घटेको छ। त्यसैले एक समयको लागि पिउने पानीको आपूर्ति व्यवस्थालाई बन्द गरिएको छ। लेदो सफा गर्ने काम पनि भइरहेको छ।
उनले भने, हाम्रो बोर्ड गठन भएको अढ़ाई-तीन वर्ष मात्र भएको छ। पछिल्लो वाम बोर्डले यी तलावहरूबाट लेदो निकाल्ने दिशामा कुनै पहल गरेन जसको परिणाम हामीले भोग्न परिरहेको छ। तर आशा छ, आगामी ३० दिसम्बरसम्ममा पिउने पानीको आपूर्ति सामान्य हुनेछ।
अर्कोतिर विपक्षीको आरोप छ, वर्तमान बोर्ड शहरबासीहरुलाई पिउने पाऩी उपलब्ध गराउनमा असफल भइरहेको छ, जसले गर्दा अब जिम्मेवारीदेखि बच्नको लागि पूर्व बोर्डमाथि आरोप लगाइरहेको छ।