रूपहीहाटमा लागु औषधले भरिएको पाँचवटा कन्टेनर बरामद

drugs-seized_11bf3cda82faa016f49d88a276cc3ca3

नगाउँ (असम ): रुपहीहाट पुलिसले अबैध लागु औषध विरोधी अभियानमा आज ठूलो सफलता हासिल गरेको छ। रूपहीहाट तीनिआली क्षेत्रमा पुलिसले छापा मारेर लागु औषधले भरिएका पाँचवटा कन्टेनर नियन्त्रणमा लिए भने दुईजना तस्करलाई पनि पक्राउ गरिएको छ। सो लागु औषधका साथ तस्करहरू मैनुल हक र नाइस अहमदलाई गिरफ्तार गरेको छ। पुलिसले दुवैसंग जाँचबुझ गरिरहेको छ।
रूपहीहाटका विभिन्न क्षेत्रहरूमा पुलिसद्वारा प्रतिदिन लागु औषध विरोधी अभियान संचालन गरिँरहेको छ। पुलिसले भने, लागु औषधको नेटवर्कलाई न्यूनिकरणको निम्ति अभियानलाई तीव्रता दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement