खरसाङ: खरसाङ महकुमा अन्तर्गत पंखाबारी लंगभ्यु अम्बटे समष्टिको लंगभ्युमा युवा शक्ति खण्ड समिति गठन हेतु एक जरुरी सभा खरसाङ महुकमा समिति अध्यक्ष प्रेबेन्द्र गुरूङको सभापतित्वमा सम्पन्न भयो।
सभामा समष्टिको कार्यकारी सभासद कल्पना प्रधान, मनोनित सभासद प्रणाम रसाईली, समष्टि पर्यवेक्षक अनु प्रधानको विशेष उपस्थिति रहेको थियो। प्रदीप राईले सञ्चालन गरेको सभालाई समष्टिको कार्यकारी सभासद कल्पना प्रधान, मनोनित सभासद प्रणाम रसाईली, समष्टि पर्यवेक्षक अनु प्रधान, युवा शक्ति खरसाङ महुकमा सभापति प्रेबेन्द्र गुरूङ, समष्टि सभापति साथै सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, समष्टि युवा शक्ति सभापति तुसार राई आदिले सम्बोधनले गरेका थिए।
समष्टि कार्यकारी सभासद कल्पना प्रधानले आफ्नो सम्बोधनमा युवाहरूले संगठनको हितमा कार्य गरिदिने अनुरोध गरिन् साथै युवा शक्तिलाई अनुशासनमा रहे संगठनको हितमा कार्य गरिदिने अनुरोध गरिन्। मनोनित सभासद प्रणाम रसाईलीले आफ्नो सम्बोधनमा लंगभ्यु क्षेत्रमा अति नै संवेदनशील क्षेत्र रहेको जनाए साथै उहाँले समष्टिमा पर्यवेक्षकको चयनले पार्टी कार्यकर्ताहरूमा नयाँ जोश र उमग छाएको पनि जनाए।

समष्टि पर्यवेक्षक अनु प्रधानले अबको युवा शक्ति केवल ठेकाको कामको पछि नलागेर स्वनिर्भर हुने दिशा तर्फ अगसर हुने अनुरोध गरिन् साथै आज नव गठित युवा शक्तिलाई अग्रिम बधाई दिँदै संगठनलाई अघि लैजाने जिम्मेवारी आफ्नो काँधमा आएको सोचेर कार्य गर्न पर्ने जनाए। खरसाङ महुकमा समिति अध्यक्ष प्रेबेन्द्र गुरूङले आफू आजको लंगभ्यु युवा शक्तिको उपस्थितिले आफूमा कार्य गर्ने नयाँ जोश अनि उमंग आएको जनाए। उनले युवा शक्ति संगठनको मेरूदण्ड रहेको पनि जनाए साथै आज गठन गरिएको युवा शक्तिलाई सम्पूर्ण भातृत्व संगठनहरूसँग आपासी ताल मेल राखेर कार्य गर्न पर्ने सुझाव राखे। समष्टि सभापति साथै सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनले सभालाई सम्बोधन गर्दै अनुशासनमा रहेर कार्य गर्न पर्ने मत राखे। उनले गाउँमा पनि जुन परिवारमा अनुशासनमा रहन्छ त्यो परिवार सुखी भएर जान्छ त्यसरी नै संगठनमा पनि अनुशासनमा रहेर कार्य संगठन बलियो भएर जाने मत राखे।
आज सम्पन्न सभामा लंगभ्यु युवा शक्ति खण्ड समिति सभापति निसान गोले, महासचिव बिजय सुनुवार, उप-सभापति ऋषि धले, सह सचिव दिनेस डुम्जन, कोषाध्यक्ष बिकास भुसाल, प्रचार प्रसार सचिव प्रदीप राईलाई सर्वसम्मतिले चयन गरियो। आज सम्पन्न सभामा समष्टि सभापति मणिराज डुम्जन,सचिव ललित प्रधान, युवा शक्ति केन्द्रीय समिति सदस्य संजीव छेत्री, खरसाङ महुकमा समिति प्रवक्ता अनुप रामुदामु, समिति सदस्य साथै समष्टि सांगठनिक सचिव मौसम लामा, प्रचार प्रसार सचिव जिनोद परियार, समष्टि युवा शक्ति सचिव प्रभात लामा, समिति सदस्य चन्द्र प्रसाद शर्मा, पंचायत सदस्य सुब्रता लकान्द्री, रमुला तामाङ साथै लंगभ्यु अन्तर्गत रहेका युवा शक्तिको बाक्लो उपस्थिति रहेको थियो।