दार्जीलिङ: गोर्खा मुद्दाबारे हुने भनिएको त्रिपक्षीय वार्तालाई निष्कर्षमा ल्याउन केन्द्र सरकार गम्भीर हुनपर्छ भनी क्रामाकपाको प्रवक्ता अरुण घतानीले माग गरेका छन्। अन्तर्राष्ट्रिय सीमा क्षेत्रहरुले घेरिएका दार्जीलिङ पहाडको राजनीतिक अस्थिरतालाई सरकारले गहिरोरुपमा विश्लेषण गर्नपर्ने आह्वान गर्दै उनले अर्कोतिर जीटीए चुनाउ यता पहाडको शान्तिलाई राज्य सरकारले खरानीभित्र लुकेको आगोसित तुलना गर्ने सुझाउ राख्दै प्रस्तावित वार्तामा उपस्थित भइदिने आह्वान गरे।
पहाडका सबै दलहरुलाई निर्णायक वार्ता गरिनपर्ने कुरामाथि जोर दिँदै दलीय प्रवक्ता अरुण घतानीले आज भएको क्रामाकपा केन्द्रिय कमिटिको वैठकअवधि सङ्गठन विस्तार, पैदल यात्रा, दिल्लीमुखी गतिविधि,महाधिवेशन लगायत पार्टीगत कार्यक्रमबारे छलफल गरिएको मिडिया सम्बोधनमा जानकारी गराएका छन्।