तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट: ब्राइट स्पोर्टिङ्ग क्लब सिलगढी सेमिफाइनलमा प्रवेश फाइनलमा प्रवेश

photocollage_202412282054874

खरसाङ: तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट अन्तर्गत पहिलो क्वाटर फाइनलमा ब्राइट स्पोर्टिङ्ग क्लब सिलगढीले पेनाल्टीमा जित्दै सेमी फाइनलमस प्रवेश गरेको छ। तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट अन्तर्गत शनिवार पहिलो क्वाटर फाइनल खेल शिवखोला एफसी र ब्राइट स्पोर्टिङ्ग क्लब सिलगढीमाझ सम्पन्न भएको थियो। यस पहिलो क्वाटर फाइनल खेलमा दुवै दलमाझ निर्धारित समयसम्म पनि कुनै गोल नभएपछि पेनाल्टी सुट आउट खेलाइएको थियो। यस पहिलो क्वाटर फाइनल खेलमा ब्राइट स्पोर्टिङ्ग क्लब सिलगढीले शिवखोला एफसीलाई ४-३ को अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको छ।‌ यस खेलमा म्यान अफ् द म्याच ब्राइट स्पोर्टिङ्ग क्लब सिलगढीको जर्सी नम्बर ११ क्रिस छेत्री चयन भएका छन्‌। आजको खेलमा मुख्य अतिथिको रुपमा समाजसेवी ज्योति भट्टराई उपस्थित रहेका थिए। अब आइतबार हुने खेल नर्थ बेंगल आर्म पुलिस र दार्जीलिङ युनाइटेडमाझ दोस्रो क्वाटर फाइनलमा भीडन्त हुने भएको छ। आजको खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको सचिव रञ्जित थापाले तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट फाईनल खेल आगामी १२ जनवरीमा‌ होइन तर दुई दिन अघि १० जनवरी शुक्रबारको दिन सम्पन्न हुने जानकारी गराएका छन्‌‌। उनले दुईवटा सेमी फाइनल भने पूर्व निर्धारित समय ४ र ५ जनवरीमा नै सम्पन्न हुने जानकारी गराएका छन्। उनले तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टमा टाडाका नामी नामी फुटबल क्लबहरु आईसकेको र अब मोरङ नेपाल र जर्जियन एफसी कालेबुङको खेल हुन बाँकी रहेको बताएका छन्‌। उनले शनिबारदेखि क्वाटर फाइनल खेल शुरु भएको जानकारी गराएका छन्।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement