साहित्य अकादेमी अनि सोनादा साहित्य संस्थानको संयुक्त आयोजनामा सोनादामा ग्रामालोक कार्यक्रम सम्पन्न

IMG-20241228-WA0226

सोनादा: साहित्य अकादेमी अनि सोनादा साहित्य संस्थानको संयुक्त आयोजनामा ग्रामालोक कार्यक्रम शनिवार सोनादामा सम्पन्न भएको छ। सोनादा साहित्य संस्थानका अध्यक्ष जोगेन दर्नालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यक्रमका समन्वयक तथा प्रमुख अतिथि नेपाली भाषा परामर्श समितिका सदस्या साहित्यकार आशा मुखिया लामा थिए भने विशिष्ट अतिथिहरूमा साहित्यकारहरू सूर्य श्रेष्ठ, बुद्ध सङ्गम, नरबहादुर तोया, संस्थानका कोषाध्यक्ष रामराज राई, उपाध्यक्षद्वय जेके राई तथा जइन्द्र जेनियम उपस्थित थिए। ग्रामालोक कार्यक्रम अन्तर्गत नेपाली काव्य गोष्ठीमा सोनादा भेगका कविहरू क्रमैले नरबहादुर तोया, जइन्द्र जेनियम, भीम क्षमित, राज राई, बुद्ध राई, के के मुखियाले आ आफ्ना कविताहरू वाचन गरेका थिए।समारोहमा बोल्दै समन्वयक तथा नेपाली भाषा परामर्श समितिका सदस्य आशा मुखिया लामाले साहित्य अकादेमीको ग्रामालोक कार्यक्रमबारे विचार व्यक्त गर्दै यस कार्यक्रमको मुख्य उद्देश्य भारतीय साहित्यलाई प्रवर्द्धन अनि ग्रामीण क्षेत्रहरू साहित्यिक गतिविधिलाई प्रोत्साहन गर्नु रहेको बताइन्। समारोह संख्यात्मक अनि गुणात्मक दुवै पक्षबाट सफल अनि असल रहेको बताउँदै प्रस्तुत कवि अनि कविताहरू उत्कृष्ट अनि विशिष्ट रहेको पनि बताइन्। संस्थानका मूल सचिव नरेश कटुवालले समारोहलाई सञ्चालन गर्दै सोनादा साहित्य संस्थानको यो कार्यक्रम साहित्य अकादेमीसँग प्रथमपल्ट रहेको बताउँदै संस्थानका अग्रज तथा संस्थापक लगायत सम्पूर्ण सदस्यहरूको योगदानको स्मरण गरे।
साहित्यकार रामराज राईद्वारा स्वागत सम्भाषण राखिएको उक्त कार्यक्रमको दोस्रो सत्रमा जातीय कवि अगमसिहं गिरीको जन्म जयन्ती पालन गरियो। कविहरू आशा मुखिया लामा, सुधा राई, रमेश दिलपाली,अमर शर्मा, सतिमा राई साथै विद्यार्थी कविहरू छेवाङ योल्मो, विवेक थापा, कृति छेत्रीले कविता वाचन गरे। समारोहमा गिरीका कालजयी कविताहरू पनि पठन गरियो। समारोहमा सदभावना वरिष्ठ नागरिक मञ्च, निम्न सोनादा, गोर्खा संस्कृति संरक्षण समिति, मझेरी परिवार मुण्डाकोठी, सोनादा ग्रामीण पुस्तकालय आदिका सदस्यगण उपस्थित थिए भने अन्य अतिथिहरूमा राजनैतिक चिन्तक आरपी पाख्रिन, जयकुमार सुब्बा, प्रा. धनकुमार देवान, प्रा. पर्वत रसाइली, पेम्बा मोक्तान, नरेन्द्र लामा, लोवर सोनादा एकका उप प्रधान थिलेन लामा, जितेन्द्र अनमोल, संजीव मोहोरी, सुमन गुरूङ आदि उपस्थित थिए। समारोह अध्यक्षद्वारा अन्त्यमा सबैमा आभार प्रकटसितै समारोह सम्पन्न गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement