मंगन जिल्लाका दुईवटा जीपीयूलाई दुईवटा पुरस्कार प्राप्त

IMG-20220523-WA0166.jpg

गान्तोक। मंगन जिल्लाको लुम गौर साङटोक ग्राम पञ्चायत यूनिट र लिङदोङ बर्फोक जीपीयूलाई आज राष्ट्रीयस्तरीय ग्राम पञ्चायत विकास योजना पुरस्कार र नानाजी राष्ट्रीय़ गौरव ग्राम सभा पुरस्कार २०२०-२१ प्रदान गरियो। ग्रामीण प्रवन्धन विभागद्वारा मंगनको जिल्ला प्रशासनिक केन्द्रमा आयोजित यस कार्यक्रममा जंङ्गु निर्वाचन क्षेत्रका विधायक एवम विद्युत विभागका सल्लाहकार पिन्छो नामग्याल लेप्चा रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै विधायक लेप्चाले पुरस्कार प्राप्त गर्ने जीपीयूलाई बधाई दिँदै यसरी नै निरन्तर काम गर्नु पर्ने आग्रह गरे। भविष्यमा अझ धेरै पुरस्कार प्राप्त गर्नको निम्ति जीपीयूले मेहनत गर्नु पर्ने सुझाउ दिए। मंगन जिल्लाका जिल्लापालले केही महिनादेखि फिल्ड भिजिट गरेर जनताको समस्या समाधान गर्ने दिशामा पहल शुरू गरेको पनि उनले अवगत गराए। सोही प्रकारले महिला आयोगकी अध्यक्ष छुङकिपु लेप्चाले उत्तर जिल्लाको यी दुई वटा जीपीयूले पुरस्कार प्राप्त गरेको खुशी महसुस गरिन्। यस पुरस्कार प्राप्त गर्नको निम्ति यी दुईवटा ग्राम पञ्चायत यूनिटले धेरै चुनौतीको सामना गर्दै भए पनि धेरै उपलब्धि हासिल गरेको जानकारी गराइन्। उनले पञ्चायतहरूले समाजलाई माथि उठाउनको निम्ति निर्वाह गर्नु पर्ने भूमिकाबारे पनि विस्तृतरूपमा अवगत गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement