भाजपाको सदस्यता अभियान अन्तर्गत सांसद राजु विष्ट खरसाङमा

IMG-20241228-WA0222

गोर्खाहरुको लागि जनवरीमा केन्द्रबाट वार्ताको लागि पत्र आउन सक्छ: सांसद राजु विष्ट

खरसाङ: भारतीय जनता पार्टीको सदस्यता अभियान अन्तर्गत आज दार्जिलिङ संसदीय क्षेत्रका सांसद राजु विष्ट खरसाङ आईपुगेका छन्‌। यस क्रममा उनले खरसाङ बजार क्षेत्रमा घुमेर भाजपाको सदस्यताको लागि मानिसहरुलाई आह्वान् गरेका थिए। उनीसित भाजपा दार्जिलिङ जिल्लाका पदाधिकारीहरु र खरसाङ क्षेत्रका भाजपाका पदाधिकारीहरु उपस्थित रहेका थिए। यस क्रममा सांसद राजु विष्टले खरसाङको विभिन्न दोकानहरुमा गएर साथै विभिन्न मानिसहरुसित भेटघाट गर्दै भाजपाको सदस्यताको लागि बातचीत गरेका थिए। यसको साथै सांसद राजु विष्टले खरसाङको जनतासित पनि भेट गर्दै जनताको दुःखेसो र समस्याहरु सुनेका थिए। यस क्रममा पत्रकारहरुलाई सम्बोधन गर्दै सांसद राजु विष्टले आफ्नो संसदीय क्षेत्रमा जनतासित भेटघाट गर्न आएको जुन आफ्नो कर्तव्य रहेको साथै भाजपा कार्यकर्ताहरुद्वारा सदस्यता अभियान चलाईरहेको‌ कारणले‌ आफु पनि उक्त सदस्यता अभियानमा सामेल भएको जानकारी गराएका छन्‌‌। उनले भाजपाको सदस्यता अभियान राम्रोसितले चलिरहेको बताउँदै आफ्नोे क्षेत्रका जनताका समस्याहरु बुझ्न र दु:ख सुख बुझ्नलाई आएको बताएका छन्। सांसद राजु विष्टले यस क्षेत्रका जनताले बारबार आफुलाई भोट दिएर जिताएकोमा आभार प्रकट गर्दै यस क्षेत्रका जनतामा प्रशस्त क्षमता रहेको तर राज्यको व्यवस्था सठीक नभएकोले यस्तो अवस्था भएको बताएका छन्। उनले योजनाहरु धेरै आउने र बजेटहरु पनि धेरै आउने गरेको तर भ्रष्टाचारको कारणले राम्रो काम नभईरहेकोले राज्यमा सत्ता परिवर्तनको साथै केन्द्रमा पनि एउटै सरकार भएपछि काम गर्न सुविधा हुने र यसै कुराको प्रतिक्षामा आफु रहेको बताएका छन्। सांसद राजु विष्टले गोर्खाहरुको स्थायी समाधानको ‌लागि साथै गृहमन्त्रीको सिलगढी भ्रमणपछि आगामी जनवरीमा वार्ताको लागि केन्द्रबाट पत्र आउन सक्छ भन्ने कुरामा आशावादी रहेको बताएका छन्।

उनले आफु जनताको आकांक्षा पूरा गर्नलाई लगातार रुपमा कार्य गरिरहेको दाबी गरेका छन्। पहाडमा नयाँ राजनैतिक पार्टी खोलिएको विषयमा पत्रकारहरुले सोधेका प्रश्नको उत्तरमा सांसद राजु विष्टले लोकतन्त्रमा जसले पनि राजनैतिक पार्टी खोल्न र नाम बदल्न सक्छ भन्दै नयाँ राजनैतिक पार्टीको लागि अजय एडवर्ड्सलाई शुभकामना दिन्दै एकजना सांसदको रुपमा जुनै प्रकारको पनि सहयोग गर्न तयार रहेको बताएका छन्। सांसद राजु विष्टले नयाँ राजनैतिक पार्टीले जनताको हितमा कार्य गरेको होस् भन्दै जनताको अपेक्षा अनुसार खडा भएको हुनुपर्छ भनी बताएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement