कालेबुङमा भीषण आगलागी हुँदा ६ वटा पसल र घर जलेर नष्ट

IMG-20241228-WA0219

सिलगढी: कालेबुङको राष्ट्रिय राजमार्ग नजिकै भीषण आगलागीमा ६ पसल र घर जलेर नष्ट भएका छन्। यद्यपी घटनामा कुनै हताहतीको खबर आएको छैन। यो घटनाले सम्पूर्ण क्षेत्रमा सनसनी फैलाएको छ। आगलागीको घटना शनिबार कालेबुङको डेलो गेट नजिक भएको बताइएको छ। घटनास्थलमा दमकलका तीन वटा गाडी पुग्यो। केही घण्टाको प्रयासपछि पनि आगो नियन्त्रणमा आउन सकेको थिएन। आगो निभाउन सेनाले पनि सहयोग पुर्यायो। आगलागीबाट कम्तीमा ५० लाख रुपियाँ बराबरको धनमालको क्षति भएको समाचार छ। आगलागी फर्निचर पसल, झाडुको गोदाम र दर्जी पसल परेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement