इम्फाल(मणिपुर): मणिपुरका मुख्यमन्त्री एन. बीरेन सिंहले इम्फाल ईस्टको सनासाबी र थम्नापोकपीमा कुकी उग्रवादिहरु द्वारा गरिएको अन्धाधुन्ध गोलीवारीलाई लिएर कड़ा निन्दा गरेका छन्।
सो गोलीवारीमा सर्वसाधारण नगारिक र सुरक्षाकर्मीहरू घाइते भएका छन्। मुख्यमन्त्रीले शनिवार सामाजिक संजाल प्लेटफर्म एक्समा यसलाई निन्दनीय आक्रमण भनिएको छ,यो शान्ति र सद्भावमाथि प्रहार हो।घटनापछि प्रभावित क्षेत्रहरूमा पर्याप्त मात्रामा सुरक्षा बललाई पठाइएको छ। घाइतेहरूलाई आवश्यक चिकित्सा सुविधा प्रदान गरिँदैछ। सरकारले नागरिकहरूसंग शान्ति र एकता कायम राख्न अपील गरिएको छ। मुख्यमन्त्रीले भने, यस्तो अवस्थाको सामना गर्नको लागि केन्द्रिय बल र पुलिसबीच उचित समन्वय हुन आवश्यक छ।