कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ २१० नयाँ मामिला अघि आएको छ भने यस रोगले ३ जनाको मृत्यु पनि भएकाे छ। यसरी नै यस अवधिमा ३१४ जना कोरोनामुक्त भएका छन्।
स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, हिजो ९,१८४ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,२९७,९१८ जनाको परीक्षण भएको छ।
हालसम्म बङ्गालमा २१,०७,२६० जना कोरोनाले संक्रामित भएको छन् भने २०,८३,३७४ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,४६८ जनाले जान गुमाएको छ।
राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.८७℅ र सकारात्मक दर २.२९℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,७०३,४४३ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।










