मानव उत्थान सेवा समितिद्वारा रक्तदान शिविर सम्पन्न

IMG-20241228-WA0205

सिलगढी:  आज शनिबार मानव उत्थान सेवा समिति, उत्तर पूर्वाञ्चल क्षेत्र सालुगढाको तत्वावधानमा आयोजित बृहत रक्तदान शिविर सम्पन्न गरियो| आगामी ३१ दिसम्बर २०२४ अनि १ जनवरी २०२५ द्विदिवसीय  विराट सद्भावना सम्मेलनको पुनित अवसरमा सामाजिक सेवा हेतु उत्तर बंगाल मेडिकल कलेज साथै आरबीटीसी अस्पताल ब्लड  सेन्टरबाट डा राज कुमार सिंह तथा उनको मेडिकल टिमसितको समन्वयमा  मेडिकल  जाँच अनि रक्तदान शिविर सम्पन्न भयो|

यस रक्तदान शिविरमा विभिन्न स्थानहरु जस्तै भुटान, नेपाल, दार्जीलिङ, सिक्किम, डुवर्स तथा सिलगढीका जम्मा ६५ जना युवा रक्तदाताहरुले आफ्नो अमूल्य रक्तदान गरे| यस महान सेवामा महात्मा पुष्पवती बाईजी, म० कृतिका बाईजी , महात्मा अनिता बाईजीले पनि रक्तदान गरे| समितिद्वारा अन्य पर्वहरुमा अथवा आवश्यक परेको खण्डमा  रक्तदान महादानको उदार नीतिलाई आत्मसात गर्दै वर्षेनी रूपमा रक्तदान गरिन्छ भने यस अतिरिक्त अन्य सामाजिक सेवाहरु पनि गर्ने गरिन्छ|

आजको यो रक्तदान महादान कार्य आरम्भ गर्न अघि उत्तर पूर्वाञ्चल क्षेत्रकी अध्यक्ष महात्मा दीपिका बाईजीले  आशीर्वचन साथै सन्त महात्मागण, कार्यकर्तागणको समुपस्थितिमा मेडिकल टिमलाई खदार्पण  स्वागत अभिनन्दन जनाइयो| उक्त शिविरमा डा०सिंह बाहेक गोकुल सिंह, रबिजीत साहा, राजेश मिन्ज,लेलिन्दर मल्लिक अनि रबिन्द्रनाथ रोय सहयोगी स्टाफको रूपमा  उपस्थित थिए|  

समितिको पक्षबाट प्रान्तपाल  भीम प्रकाश राई, मूल सचिव  प्रकाश हाङ्खिम, उपाध्यक्ष  दिपक राई, सह सचिव  चन्दन लकान्द्री, युवा संयोजक  कुमार योञ्जन, प्रचारप्रसार सचिव मेघनाथ छेत्री, सिक्किम मण्डलबाट  प्रवीण गुरुङ, दार्जीलिङ मण्डल श्रीमती बिनिता राई, रञ्जना प्रधान, सुनिता हाङ्खिम, सीता छेत्री, नवदीप लामा तथा अन्य कार्यकर्तागण विशेष रूपमा उपस्थित थिए|  शिविरको अन्तमा समितिप्रति आभार प्रकट गर्दै डा राज कुमार सिंहले यस महत कार्यको सराहना गर्दै खुशी व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement