अवैध शिकारी भाग्न सफल, एउटा बन्दु जफत

IMG-20240717-WA0003

गुवाहाटी(असम): बिश्वनाथ जिल्लाको बिहाली वन विभागको बेदेती बीटका वनकर्मीहरूले बिहाली अभयारण्यको अरूणाचल सीमा क्षेत्रमा अवैध शिकारीको साथबाट एउटा बन्दुक बरामद गरेका छन्।
नियमित पेट्रोलिंग गरिरहेको समय वन रक्षक सञ्जीव नाथ र मनेश्वर गामेले टीमका साथ क्षेत्रको निरीक्षण गर्दै गर्दा जंगलभित्र केही संदिग्ध गतिविधि देखेपछि वनकर्मीहरूले संदिग्ध ब्यक्तिलाई रोकिने निर्देश दिए, तर उसले भाग्ने प्रयास गर्न क्रममा वनकर्मीहरूले हावामा गोली चलाए उसलाई रोक्ने प्रयास गरे। त्यसपछि संदिग्ध घटनास्थलमा आफ्नो सामान छोड़ेर भाग्न सफल भए। घटनास्थलबाट वनकर्मीहरूले एउटा बन्दुक र तीनवटा ब्याट्री लगाउने टर्च बरामद गरेका छन्।
बिहालीका बरगांग वन क्षेत्रीय अधिकारी चन्दन राजखोवाले शनिवार जानकारी दिदै भाग्ने मानिस अरूणाचल प्रदेशको अवैध शिकारी हुनसक्ने बताए। घटनाको जाँच भइरहेको छ। अभयराण्यमा सुरक्षा व्यवस्थालाई अझ कड़ा बनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement