घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टमा चाँद एफसी दोस्रो चरणमा‌ प्रवेश

IMG-20241228-WA0216

खरसाङ: घैयाबारी स्पोटर्स एसोसिएसनको आयोजनामा घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा चाँद एफसीले जितेर दोस्रो चरणमा‌ प्रवेश गरेको छ। आज भएको खेल चाँद एफसी र सालबारी युनाइटेडमाझ सम्पन्न भएको छ। यस खेल शुरु भएको ३ मिनटमा नै चाँद एफसीको जर्सी नम्बर १० सिजेस राईले गोल गरेर बढत बनाएका थिए। ते यसको लगत्तै ६ मिनटमा सालबारीको तर्फबाट जर्सी नम्बर ११ निकेस गुरुङले गोल गरेर खेल बराबरीमा ल्याएका थिए। पहिलो हाफको खेल १-१ गोलमा समाप्त भएको थियो। दोस्रो हाफको खेलमा चाँद एफसीको खेलाडीहरुले लगातार रुपमा विपक्षी दलको गोल पोष्टमा आक्रमण गरेका थिए। तर सालबारीको गोल किपरले सुन्दर ढंगमा गोल रक्षा गरिरहे। दोस्रो हाफको खेल निक्कै रोमाञ्चक बनेको थियो। यस खेलको अन्तिम मिनटमा चाँद एफसीको तर्फबाट जर्सी नम्बर ७ प्रियंशु राणाले गोल गरेर आफ्नो दललाई बिजय बनाएका थिए। यो खेलमा २-१ को अन्तरले विजयी हुँदै चाँद एफसी दोस्रो चरणमा‌ प्रवेश गरेको छ। अब भोलि आईतबार हुने खेल नयाँ कमान एफसी र दर्पण सेभेन सिलगढीमाझ सम्पन्न हुने भएको छ। आजको खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै घैयाबारी स्पोटर्स एसोसिएसनको कोषाध्यक्ष महेश छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्। उनले गत १२ दिसम्बरदेखि घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी २६ जनवरीमा हुने भएको जानकारी गराएका छन्‌‌। उनले यो फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफीससहित डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिने जानकारी गराएका छन्‌‌।

आजको खेलमा पराजित रहेका सालबारी युनाइटेडलाई आयोजक समिति घैयाबारी स्पोटर्स एसोसिएसनको तर्फबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement