चितवन: चितवनको सौराहामा जारी १८औं हात्ती एवम् पर्यटन महोत्सवको दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षिया ‘बिजुलीकली’ले जितेकी छिन्। बागमारा सामुदायिक वनको चौरमा आज आयोजित प्रतियोगितामा शृङ्गार, चालचलन, अनुशासन, आज्ञाकारी, हिँड्दाको चाल, स्वास्थ्यलगायतका बुँदामा उनी सबभन्दा उत्कृष्ट हुन सफल भइ उपाधि जितेकी हुन्।