पाक्योङ: एडिसनल डिस्ट्रिक कलेक्टर (डेभलपमेन्ट) कार्यालय, पाक्योङ जिल्लाले फ्राइडे फील्ड/फार्म डे एपिसोड १९, बाँझो जमिनलाई खेतीयोग्य बनाउने अभियान’को अद्वितीय सफलता घोषणा गरेको छ। २७ दिसम्बरसम्म पाक्योङ जिल्लाका सरकारी कर्मचारीहरूको टोली र माननीय पञ्चायतहरूको सामूहिक प्रयासले उल्लेखनीय उपलब्धि हासिल गरेको एडिसनल डिस्ट्रिक कलेक्टर (डेभलपमेन्ट)ले एक प्रेस विज्ञप्तिमा बताएको छ। अभियानको प्रभावले खेतीयोग्य जमिनको क्षेत्रफलमा महत्वपूर्ण वृद्धि भएको र कृषि उत्पादन क्षमतामा सुधार आएको देखिएको छ। उल्लेखनीय छ, यो अभियानले खेती क्षेत्र र उत्पादन दुवै क्षेत्रमा नयाँ उचाइमा पुर्याउन सफल भएको विज्ञप्तिमा बताइएको छ।

यस अभियानले गाउँगाउँमा चेतना अभियान सञ्चालन गरी घरपरिवारलाई बाझो जमिनलाई खेतीयोग्य बनाउन प्रतिबद्ध हुन प्रेरित गरेको छ, जसले खाद्य सुरक्षा सुनिश्चित गर्न र कृषिकर्मलाई सुदृढ गर्न मद्दत गरेको छ। स्थानीय किसानहरू, ग्राम पञ्चायतहरू, र सरकारी कर्मचारीहरूको सक्रिय सहभागिता मिशनको सफलताका लागि महत्वपूर्ण भएको छ। यसले किसान समुदायलाई सशक्त बनाउन, दिगो कृषि अभ्यासलाई प्रोत्साहन गर्न, र कृषि क्षेत्रमा बढ्दो अवसरहरूसँगै किसानहरूको जीविकोपार्जनलाई समर्थन गर्नका लागि लक्ष्य राखेको छ। जिल्लाको भविष्यको योजना भनेको यस अभियनलाई जारी राख्नु र विस्तार गर्नु, थप समुदायहरूलाई संलग्न गराउनु, नवीन कृषि अभ्यासहरूलाई प्रोत्साहन गर्नु, र स्थानीय सरोकारवालाहरूसँग साझेदारीलाई मजबुत बनाउनु रहेको छ। फ्राइडे फिल्ड/फार्म डे एपिसोड १९ को सफलताले दिगो विकास लक्ष्यहरू हासिल गर्नका लागि सहकार्य र सामुदायिक संलग्नताको शक्तिलाई प्रमाणित गरेको छ। यस अभियानलाई निरन्तरता दिन र जिल्लाका कृषक समुदायहरूका लागि आत्मनिर्भर अभ्यासहरूको दृष्टिकोणसहित उज्ज्वल भविष्य निर्माण गर्न तत्पर रहेको विज्ञप्तिमा बताएको छl