राजगढ़: चकचकी साना किसान कृषि सहकारी संस्था लिमिटेड बाह्रदर्शी गाउँपालिका वार्ड नं ०५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन सम्पन्न गरेको थियो।
उक्त शिविर कार्यक्रममा युनिभर्सल युथ ग्रुप तथा युनिभर्सल गुप्त रोग स्वास्थ्य सेवा केन्द्र उर्लाबारी ले प्राविधिक सहयोग गरेको थियो।
उक्त शिविर कार्यक्रममा २५० भन्दा बढी आमाबुवा, दिदीबहिनी दाजुभाईहरुको उपस्थिति रहेको थियो।