गहिरो अन्तरिक्षमा शुरू भएको थियो जीवन!

00-1-Galaxy-2-2

वैज्ञानिकहरू लामो समयदेखि मान्दै आएका थिए कि पृथ्वीमा विशेष परिस्थितिहरूमा मात्र जीवनका लागि आवश्यक तत्वहरूको निर्माण भएको थियो। यही कारणले पृथ्वी नै अहिले सम्म पत्ता लागेको एकमात्र जीवनयुक्त ग्रह हो। तर वैज्ञानिकहरूले जीवनको संकेत अन्यत्र पाउन सकेका छैनन्। केही स्थानहरूले जीवनको सम्भावनाका लागि आशा जगाइरहेका छन्। यद्यपि, वैज्ञानिकहरूले यो कुरा स्वीकार गर्छन् कि ब्रह्माण्डमा थुप्रै स्थानहरूमा जीवनका तत्वहरू हुनसक्ने सम्भावना छ। पछिल्ला केही वर्षहरूमा अन्तरिक्ष मिसनहरूबाट धूमकेतु, क्षुद्रग्रहहरू जस्ता वस्तुहरूबाट प्राप्त नमूनाहरूले देखाएको छ कि जीवन निर्माणका प्रमुख जैविक घटकहरू अथवा अणुहरू सम्पूर्ण अन्तरिक्षभरि फैलिएको हुनसक्छ। यसले संकेत गर्दछ कि हाम्रो जीवन विकास पनि एक विशाल खगोलीय कथाको हिस्सा हुनसक्छ। वैज्ञानिकहरूले पत्ता लगाएका छन् कि अन्तरतारकीय धूलो, धूमकेतु वा क्षुद्रग्रहजस्ता ठाउँहरूमा धेरै प्रकारका जैविक अणुहरू फेला पर्छन्। यस अनुसन्धानको शुरुआत १९८६ मा युरोपेली गियो स्पेसक्राफ्टले हैली धूमकेतुको विश्लेषणबाट गरेको थियो। त्यस समयमा, यो धूमकेतुको कोमामा जैविक अणुहरूका संकेत पाइएको थियो।

पछि ३२०१५ मा ६७पी धूमकेतुमा प्रोटीन निर्माणका लागि आवश्यक तत्व ग्लाइसिन फेला पर्‍यो। २०२२ मा रोसेटा मिशनले स्पेक्ट्रोमेट्रीको माध्यमबाट डाइमिथाइल सल्फाइडसहित ४४ प्रकारका अणुहरू फेला पार्‍यो। जापानको हायाबुसा २ र नासाको ओसाइरस-रेक्स अभियानहरूले पनि पुरातन क्षुद्रग्रहका नमूनाहरूमा झन्डै १५ प्रकारका एमिनो एसिडसहित धेरै जैविक तत्वहरू फेला पारेका छन्। वैज्ञानिकहरू स्वीकार्छन् कि यी तत्वहरूले जीवनको शुरुआत गर्न सम्भावना बनाउँछन्। यी जैविक तत्वहरू त्यस समयमा बनेका हुन्, जब सौरमण्डल निर्माण हुँदै थियो। यी तत्वहरू ताराहरूबीचको चिसो काला बादलमा बनेका हुन् कि युवा ताराहरूको ऊर्जावान क्षेत्रमा, यो स्पष्ट छैन। तर यी अनुसन्धानहरूले हाम्रो उत्पत्तिको मूल कारण र अन्य ग्रहहरूको जीवनबारे जानकारी दिनसक्छ। खगोलविदहरूले पत्ता लगाएका छन् कि केही पॉलीसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन (पीएएच) बिग बैंग भएको १.५ अर्ब वर्षपछि नै बनेका थिए। यी तत्वहरू तारकीय पवनबाट पनि बनेको हुनसक्छ। वैज्ञानिकहरूले ताराहरूको बीचको स्पेसमा २००  भन्दा बढी कार्बनयुक्त पदार्थहरूको खोजी गरेका छन्। स्पष्ट छ, अन्तरिक्ष विकिरण आदिका कारण विभिन्न ठाउँमा जटिल पदार्थहरू बनेका हुनसक्छन्। विशेष गरी तातो डिस्कहरूको वरिपरि भएका जैविक पदार्थहरूको निर्माण सम्भावना निकै उच्च छ। यी पदार्थहरूले कुनै ग्रहमा जीवनका प्रणालीहरूको शुरुआत गर्न वातावरण तयार गरेको हुनसक्छ। यसैले, हामी ब्रह्माण्डमा एक्लो हुनसक्ने सम्भावना निकै कम छ। पृथ्वीलाई मात्र अनुकूल परिस्थितिहरू लगातार उपलब्ध भएका हुन्। तर यसको अर्थ यो होइन कि जीवनको अन्य रूप अन्यत्र पाउन सकिन्न। बृहस्पतिका चन्द्रमा युरोपामा भएका अभियानहरूले ठोस उत्तर दिनसक्ने सम्भावना छ। त्यहाँ बरफको सतहमुनि रहेका महासागरहरूले जीवनको लागि अनुकूल अवस्था प्रस्तुत गर्न सक्दछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement