पूर्वी भारतको एकमात्र अल्ट्रा साइकल रेस शुभारम्भ

IMG-20241228-WA0154

कोलकाता: दीघाबाट दार्जीलिङसम्मको ८३० किलोमिटर लामो अनौठो साइकल यात्रा, जुन बंगालको खाडीबाट हिमालयसम्मको बेमिसाल यात्राको प्रतीक हो, आज बिहान (२८ दिसम्बर) शुरु भयो। यो रेस दार्जीलिङको घूम रेल्वे स्टेशनमा समाप्त हुनेछ, जहाँ सहभागीहरूलाई यो चुनौतीपूर्ण मार्ग पार गर्न ४९ घण्टा समय दिइएको छ। यो आयोजना सस्टेनेबिलिटी पार्टनरको रूपमा स्विचअँन फाउन्डेसनद्वारा समर्थित गरिएको छ। सहभागीहरूलाई पुन: प्रयोग गर्न मिल्ने पानीको बोतलको उपयोग गर्ने, साइकलहरूमा वातावरणमैत्री पोस्टरहरूको माध्यमबाट हरित यातायातलाई प्रवर्द्धन गर्ने, र संवेदनशील पारिस्थितिक प्रणालीलाई प्रभावित नगर्ने उद्देश्यले दौड मार्ग योजना गर्न प्रोत्साहित गरियो। यो पूर्वी भारतमा आयोजित पहिलो रेस एक्रस अमेरिका (आरएएएम) अन्तर्राष्ट्रिय रेस हो। स्विचअन फाउन्डेसनका एमडी विनय जाजूले भने, “म व्यक्तिगत सवारीसाधनको तुलनामा टिकाउ गतिशीलतालाई अपनाउन सन्देश फैलाउन चाहन्छु, जसले कार्बन उत्सर्जन घटाउन मद्दत पुर्‍याउनेछ।”

यस रेसमा सहभागीहरूले पूर्ण रूपमा आत्मनिर्भर रहँदै ४९ घण्टाको कठिन यात्रा गर्नेछन्। यसमा उनीहरूलाई कुनै कर्मचारी वा सहायक सवारीसाधनबाट सहयोग उपलब्ध थिएन। पुणे, मुम्बई, दिल्ली, सिलिगुडी, कोलकाता, भुवनेश्वर, नासिक र बेंगलुरुजस्ता विभिन्न शहरहरूबाट सहभागी भएका छन्। कोस्ट टु क्रेस्ट अल्ट्रा साइकल रेस जसलाई रेस एक्रस अमेरिका (आरएएएम)ले अनुमोदन गरेको थियो, यसले विश्वव्यापी मान्यता प्राप्त गरेको छ। यसका कारण केही सहभागीहरूले पहिलो पटक पश्चिम बंगालको भ्रमण गरेका छन्। रेस निर्देशक अभिषेक तुंगाले भने, “यो कोस्ट टु क्रेस्ट अल्ट्रा साइकल रेसको दोस्रो संस्करण हो र यो पूर्वी भारतको एकमात्र अल्ट्रा-साइकलिंग रेस हो। गत वर्षको उद्घाटन संस्करणमा २६ सहभागी थिए, भने यस वर्ष भारतका विभिन्न भागहरूबाट ६७ रेसर छन्।”

यस रेसमा थुप्रै प्रसिद्ध साइकल चालकहरू सहभागी थिए, जसमा नासिकका प्रसिद्ध एथलेटिक किशोर काले पनि समावेश थिए। उनले भने, “पश्चिम बंगाल आउनु र बंगालको खाडीबाट हिमालयसम्मको रेसमा भाग लिनु एक असाधारण अनुभव हो।” विश्व कीर्तिमानधारी डा अमित समर्थले यसलाई “भारतका सबैभन्दा कठिन साइकल रेसहरूमा एक” भने। यस इभेन्टका ब्राण्ड एम्बासेडर र प्रसिद्ध अल्ट्रा-साइकलिस्ट डा महेन्द्र महाजनले रेसलाई हरियो झन्डा देखाएर शुभारम्भ गरे। ७० वर्षीय महिन्दर सिंह भारजले पनि पश्चिम बंगालमा आफ्नो पहिलो रेसमा भाग लिइरहेका छन्। एक बहुराष्ट्रिय आईटी कम्पनीका इन्जिनियर अर्नव पात्राले भने, “मैले स्थिरता दिशानिर्देशन पालना गर्दै यो रेसमा भाग लिन पाउँदा निकै रोमाञ्चित छु।” उनले आफ्ना परिवारसँग क्रिसमसको छुट्टीको योजना रद्द गरेर रेसमा भाग लिएका छन्। ९,१०० किमि ट्रान्स-साइबेरियन एक्स्ट्रीम पूरा गर्ने एकमात्र एसियाली र आरएएएमको धेरैपटक फिनिशर डा अमित समर्थ पनि यस रेसको हिस्सा छन्। उनले भने, “म अन्य रेसरहरूसँग यो रेसको हिस्सा हुन पाउँदा अत्यन्त उत्साहित छु। यो पहलको माध्यमबाट हामी आफूलाई र वातावरणलाई स्वस्थ राख्न सन्देश दिन चाहन्छौं।”

प्रतियोगीहरूको रेस मार्ग बालागढ, बेथुवा दोहरी, मालदा, डालखोला, सिलगढी हुँदै घूमसम्म छ। सहभागीहरूले समुद्रको सुन्दर दृश्यसँग बिहानको सूर्योदयको समयमा समुद्र तटबाट आफ्नो यात्रा शुरु गरे। त्यसपछि गंगा मैदानको प्राकृतिक सुन्दरता र हिमालयको फेदका चियाबारी हुँदै यात्रा गरे। मुख्य आकर्षणहरूमा राजसी कोलाघाट थर्मल पावर स्टेशन, १०८ स्लुइस गेट भएको फरक्का बाँध र ऐतिहासिक स्थल प्लासी युद्धभूमि समावेश थियो, जहाँ अंग्रेजहरूले बंगालका अन्तिम राजा, नवाब सिराजुद्दौलालाई पराजित गरेका थिए।

यस रेसको असली सुन्दरतामा केवल बंगालको प्राकृतिक दृश्यहरूको आनन्द लिनु मात्र थिएन, तर अप्रत्याशित मौसम र सुकना र कुर्सेओङबीचको खडा उकालो जस्ता चुनौतीहरू पार गर्नु पर्नेछ। आयोजक मध्येका एक र उत्साही साइकल चालक जुधाजीत चक्रवर्तीले भने, “बंगालको अनौठो सुन्दरताको अनुभव गर्न भारतका विभिन्न क्षेत्रहरूबाट सहभागीहरूको स्वागत गर्दा हामीलाई खुशी लागिरहेको छ। यो रेसले बङ्गालको साइकलिङ संस्कृतिलाई पुनः परिभाषित गरेको छ र राज्यलाई धैर्य खेलहरूको दुनियामा नयाँ पहिचान दिएको छ। कोस्ट टु क्रेस्ट अल्ट्रा साइकल रेसले धैर्य साइकलिंगको दुनियाँमा एउटा मापदण्ड स्थापना गरिरहेको छ, जसले एथलेटहरूलाई आफ्नो सीमाभन्दा पर धकेल्न प्लेटफर्म प्रदान गर्दछ, साथै वातावरणमैत्री अभ्यास र पर्यावरण संरक्षणलाई प्रवर्द्धन गर्दछ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement