मालदा: मालदा जिल्ला जिल्ला प्रहरीले तीन महिनाको अवधिमा चोरीका १९१ मोबाइल बरामद गरी हकदारलाई बुझाएको छ। यो मोबाइल फोन हस्तान्तरण गर्ने कार्यक्रम शुक्रबार साँझ मालदा पुलिस अधिक्षक कार्यालयमा वाप्सी नामक कार्यक्रम मार्फत गरियो। मालदाका पुलिस अधिक्षक प्रदीप कुमार यादवले वास्तविक मालिकलाई १९१ मोबाइल फिर्ता गरेका छन्। सो अवसरमा पुलिस अधिक्षकलगायत जिल्ला पुलिस कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो।
