सिलगढी पूर्वी बाइपासमा सडक दुर्घटनामा साइकल यात्रीको मृत्यु

IMG-20240629-WA0057-copy-2

सिलगढी: शुक्रबार राति पूर्वी बाइपास नजिकै ढाकेश्वरी काली मन्दिर नजिक सडक दुर्घटनामा एक साइकल चालक गम्भीर घाइते भएका छन्। विपरित दिशाबाट आउँदै गरेको चार चक्के गाडीले साइकल यात्रीलाई ठक्कर दिएको बताइएको छ। घटनामा व्यक्ति गम्भीर घाइते भएका छन्। स्थानीय बासिन्दाले तत्कालै उक्त व्यक्तिलाई बचाएर उपचारका लागि सिलगढी जिल्ला अस्पताल पुर्याएका थिए। यता, खबर पाएलगत्तै आसिगर चौकीका पुलिस  र भक्तिनगर ट्राफिक पुलिसको टोली घटनास्थलमा पुग्यो। घाइतेको सिलगढी अस्पतालमा मृत्यु भएको समाचार छ। मृत्यु हुनेको नाम रतन सरकार (५०) रहेको छ। उनी सिलगढी नगरपालिकाको वार्ड नम्बर ३६ स्थित निरञ्जन नगर क्षेत्रका बासिन्दा थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement