ईंग्लिश प्रीमियर लीगः लिभरपूल र आर्सनल विजयी

photocollage_202412281201182

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा लिभरपूल र आर्सनलले आ-आफ्नो म्याच जित्यो। शुक्रवार राति खेलिएको म्याचमा लिभरपूलले लिस्टर सिटीविरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड एनफील्डमा ६९ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूलले शुरुमै गोल खाएपछि असाधारण पुनरागमन गर्दै म्याच जित्यो। म्याचमा जोर्डन एयेउले लिस्टर सिटीलाई छैटौं मिनटमै बढ़त दिलाए। त्यसपछि मध्यान्तरको ठीक अघि इञ्ज्युरी टाइमको पहिलो मिनटमा कोडी गाक्पोले गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि कुर्टिस जोन्सले ४९औं र मोहामेद सालाहले ८२औं मिनटमा गोल गरी होम टीमलाई जीत दिलाए। यस जीतपछि लिभरपूल १७ वटा म्याचमा ४२ पोइण्ट्सको साथ प्रीमियर लीग टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी आर्सनलले इप्सविच टाउनविरुद्ध १-०-ले रोमाञ्चक जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ६८ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलबाट म्याचको एकमात्र गोल काई हावेर्त्जले २३औं मिनटमा दर्ता गरे। यस जीतपछि आर्सनल १८ वटा म्याचमा ३६ पोइण्ट्सको साथ दोस्रो स्थानमा पुग्यो। प्रीमियर लीगमा ब्राइटन र ब्रेण्टफोर्डबीच खेलिएको म्याच चाहिँ गोलरहित ड्र (०-०)-मा समाप्त भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement