भारतविरुद्ध शतक बनाउनेहरूका सूचीमा स्मिथ शीर्ष स्थानमा

IMG-20241228-WA0103

नयाँ दिल्ली: अष्ट्रेलियाका स्टार ब्याटर स्टीव स्मिथ टेस्ट क्रिकेटमा भारतविरुद्ध शतकको मामिलामा सबैभन्दा सफल ब्याटर बने। स्मिथले मेलबर्न क्रिकेट ग्राउण्डमा बोर्डर गावस्कर ट्रफीको चौथो टेस्ट म्याचको दोस्रो दिन भारतविरुद्ध आफ्नो ११औं शतक बनाए। यसको साथै उनले भारतविरुद्ध सर्वाधिक शतक बनाउनेहरूका सूचीमा ईंग्ल्याण्डका जो रुटलाई पछि छोड़े। जो रुटले भारतविरुद्ध १० वटा शतक बनाएका छन्। यसरी स्मिथले भारतविरुद्ध केवल ४३ वटा ईनिंग्समा ११ वटा शतक बनाए जबकि रुटलाई १० वटा शतकसम्म पुग्न ५५ वटा ईनिंग्स लागेको थियो। स्मिथले ११३ वटा टेस्ट म्याचमा ५६.८५-को औसतले ९४९९ रन बनाएका छन्, जसमा ३४ वटा शतक र ४१ वटा अर्द्धशतक सामेल छ। यसरी उनी १०००० टेस्ट रनको पनि संघारमा रहेका छन्। अष्ट्रेलियाको पहिलो ईनिंग्समा स्मिथले १९७ बल खेलेर ३ वटा छक्का र १३ वटा चौकाको साथ १४० रन बनाए। ब्रिसबेनमा भएको तेस्रो टेस्टमा १०१ रनपछि स्मिथको यो जारी सीरीजमा लगातार दोस्रो शतक हो। यसरी उनी रिकी पोण्टिंगको ४१ वटा शतकपछि अष्ट्रेलियाको तर्फबाट दोस्रो सर्वाधिक शतक बनाउने खेलाड़ी बनेका छन्। यसको साथमा उनी सुनिल गावस्कर, ब्रायन लारा, यूनि खान र माहेला जयवर्धने जस्ता खेलाड़ीहरूका विशिष्ट समूहमा सामेल भएका छन्। यी सबै पूर्व क्रिकेटरहरूका नाममा ३४-३४ वटा शतक रहेको छ। टेस्ट क्रिकेटमा सर्वाधिक ५१ वटा शतक बनाउने रेकर्ड सचिन तेन्दुलकरको नाममा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement