अष्ट्रेलियाको ४७४ रनको जवाफमा भारतको ५ विकेटमा १६४ रन

IMG-20241227-WA0224

मेलबर्न: बोर्डर गावस्कर ट्रफी टेस्ट सीरीजअन्तर्गत अष्ट्रेलियाविरुद्ध जारी चौथो टेस्ट (बक्सिंग डे) म्याचमा भारत चेपारोमा परेको छ। अष्ट्रेलियाले स्टीव स्मिथ (१४० रन)-को शतकको सहायताले आफ्नो पहिलो ईनिंग्समा बनाएको ४७४ रनको जवाफमा भारतले शुक्रवार दोस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा ५ विकेट गुमाएर १६४ रन बनायो। दोस्रो दिनको खेल समाप्त हुँदासम्म रिषभ पन्त ६ र रविन्द्र जडेजा ४ रनमा अविजित थिए। यसरी भारत पहिलो ईनिंग्सको आधारमा अहिले पनि ३१० रनले पछि रहेको छ। आज भारतको तर्फबाट ओपनर यशस्वी जयसवालले सर्वाधिक ८२ रन बनाए। उनले ११८ बल खेलेर ११ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक विराट कोहलीले ३६ र केएल राहुलले २४ रनको योगदान दिए। ओपनरको भूमिकामा ओर्लिने कप्तान रोहित शर्मा केवल ३ रन बनाएर आउट भए। कप्तानलाई शुरुमै गुमाएपछि भारतलाई जयसवालले सम्हाले। उनले तेस्रो नम्बरमा ब्याटिंग गर्न ओर्लिने केएल राहुलसँग दोस्रो विकेटको निम्ति ४३ रन जोड़ेर स्कोर ५१ रन पुऱ्याए। राहुल आउट भएपछि जयसवालले कोहलीबाट असल साथ पाए। यी दुईजनाले असल ब्याटिंग गर्दै तेस्रो विकेटको निम्ति १०२ रनको पार्टनरशीप गरे। असल लयमा देखिएका जयसवाल दुर्भाग्यजनक तरिकाले रन आउट हुनको साथै भारत चेपारोमा पऱ्यो। त्यसपछि भारतले कोहलीको साथमा आकाश दीपलाई पनि गुमायो। यसरी एक समय २ विकेटमा १५३ रन बनाएर खेलिरहेको भारतीय टीमको स्कोर एक्कासी ५ विकेटमा १५९ रन भयो। अष्ट्रेलियाई बलरहरूमा प्याट कमिन्स र स्कट बोलाण्डले २-२ विकेट लिए।
यसअघि बिहीवारको स्कोर ६ विकेटमा ३११ रनदेखि खेल्दै अष्ट्रेलियाले आज आफ्नो पहिलो ईनिंग्सको स्कोरमा १६३ रन जोड़ेर रहल ४ विकेट गुमायो। पहिलो दिन ६८ रनमा अविजित रहने स्मिथ र ८ रनमा अविजित रहने कप्तान कमिन्सले आज असल शुुरुवात गरे। यी दुईजनाले सातौं विकेटको निम्ति ११२ रनको पार्टनरशीप गरे। कमिन्सले ७ वटा चौकाको साथ ६३ बल खेलेर ४९ रन बनाए। यसरी स्टीव स्मिथले १४० रन बनाए। उनले १९७ बल खेलेर १३ वटा चौका र ३ वटा छक्का लगाए। मिचेल स्टार्कले १५ र नाथन लायनले १३ रनको योगदान दिए। भारतीय बलरहरूमा जसप्रीत बुमराहले सर्वाधिक ४ विकेट लिए। यसबाहेक रविन्द्र जडेजाले ३ र आकाश दीपले २ विकेट हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement