उच्च भू-भागमा बस्ने समुदाय र पशुधनका लागि कल्याणकारी उपाय लागू

n645174833173532759469175f8732dbda92b9f3ae6634d356508123b7637e4b4b18fec363d17c2e0627d60

गान्तोक: पशुपालन एवं पशुचिकित्सा सेवा विभागले मंगन जिल्लाका उच्च पहाडहरूमा बस्नेहरू र याकहरूको कल्याणका लागि पूर्व-निवारक उपायहरू शुरू गरेको छ।
विभागले भनेको छ, सिक्किमको उच्च भू-भागहरूमा बस्ने समुदायका साथसाथै याक, तिब्बती भेडा जस्ता अन्य उच्च भूमिमा रहने पशुधनहरूले हरेक वर्ष प्रतिकूल जाडोको सामना गर्छन्।
४-५ महिनासम्म भारी हिमपात, सञ्चार र सम्पर्कको अभावका कारण यी स्थानहरूमा बस्ने समुदाय र पशुधनका लागि निकै कठिनतम हुने गर्दछ।
पशुपालन एवं पशुचिकित्सा विभाग, मंगनले उक्त तथ्यहरूलाई ध्यानमा राख्दै समयमै चारो, खनिज पूरक, आवश्यक औषधिहरू आपूर्ति गर्ने पूर्व-निवारक उपाय अपनाएको छ। यसैगरी, उच्च भू-भागमा बस्ने समुदायहरूलाई जागरुक गर्ने कार्य पनि गरिएको छ। विभागका अधिकारीहरूले पूर्व-निवारक उपायहरू अपनाउॅंदै मुगुथाङ, डोङकङ, गुरुदोङमार, ब्याम्जे, दोमाङ आदि ठाउॅंहरूको भ्रमण गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement