पूर्व प्रधानमन्त्री डा. सिंहको निधनमा क्यापद्वारा शोक प्रकट

India-Singh-Obit-0_1735234551791_1735270205670

गान्तोक: सिटिजन एक्सन पार्टी(क्याप), सिक्किमले भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा गहिरो दुःख व्यक्त गरेको छ। पार्टीले आज एक प्रेस बयान जारी गर्दै शोक प्रकट गरेको छ। पार्टीले जनाएअनुसार उनको निधनको खबरले सिक्किमका जनतालाई गहिरो स्तब्ध र दुःखी बनाएको छ। डा. मनमोहन सिँहको नेतृत्व, दृष्टिकोण र भारतको प्रगतिप्रतिको अटल प्रतिबद्धता सधैं सम्झिने उल्लेख गर्दै पार्टीले १८ सितम्बर २०११ मा सिक्किममा गएको विनाशकारी भूइँचालोको समयमा उनको व्यक्तिगत हस्तक्षेप प्रत्येक सिक्किमेको हृदयमा छाप रहेको स्मरण गराउँदै सिक्किमलाई दुःख पर्दा उनको करुणामय प्रतिवद्धताले प्रभावित जनतालाई राहत मिलेको ठहर गरेको छ। प्रभावित नागरिकहरूको कल्याणलाई प्राथमिकता दिने नेताको रूपमा डा. सिंहको योगदान भविष्यका पुस्ताहरूलाई प्रेरणा हुने जारी प्रेस बयानमा उल्लेख गरिएको छ। देशको आर्थिक सुधार, राष्ट्रिय एकता र सामाजिक न्यायप्रतिको उनको समर्पण सधैंभरि भारतको विकास कथाको अमेट भागको रुपमा हेरिने थप उल्लेख छ। सिक्किमका जनताको तर्फबाट एक महान नेतालाई श्रद्धाञ्जली अर्पण गर्ने जानकारी पनि दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement