गान्तोक: राज्यपाल ओम प्रकाश माथुरले देशका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनमा गहिरो समवेदना व्यक्त प्रकट गरेका छन्।
आफ्नो शोक सन्देशमा राज्यपालले भने, “एक दूरदर्शी अर्थशास्त्री र राजनीतिज्ञ पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनको खबरले धेरै दुःखी बनाएको छ। राष्ट्रप्रति उनको प्रतिबद्धता सदैव सम्झना गरिनेछ। राज्यपालले राज्यसभामा उनीसँग रहन पाउनु र उनको कार्यशैलीलाई नजिकबाट हेर्न पाउनु मेरो भाग्य हो भने, आर्थिक उदारीकरण र भारतीय अर्थतन्त्रलाई विश्व बजारसँग जोड्ने र आर्थिक सुधार गर्नेतर्फ उनको प्रयास सधैं सम्झना गरिनेछ।
राज्यपालले पूर्व प्रधानमन्त्री मनमोहन सिंहको परिवार र आफन्तहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। स्वर्गीय प्रधानमन्त्री एक दूरदर्शी अर्थशास्त्री र राजनीतिज्ञ थिए जसको विनम्र नेतृत्व र अखण्डताले विश्वव्यापी मञ्चमा राष्ट्रको यात्रालाई सहीरूप दिएको थियो। भारतको आर्थिक वृद्धि, लोकतान्त्रिक मूल्यमान्यता र शान्तिप्रतिको प्रतिबद्धतामा उनको योगदानलाई स्थायी विरासतको रूपमा सम्झिने बताएका छन्।
मनमोहन सिंहको निधनसँगै, राष्ट्रले आफ्नो एक प्रतिष्ठित व्यक्तित्व गुमाएको आफ्नो शोक सन्देशमा राज्यपालले उल्लेख गरेका छन्।
यसै क्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि देशका पूर्व प्रधानमन्त्री एवम दुरदर्शी नेता मन मोहन सिंहको निधन प्रति गहिरो शोक प्रकट गरेका छन्। देशको र्थिक सुधार र सार्वजनिक सेवामा उनको योगदान अतुलनीय बताउँदै यस दुःखद घडीमा उनका परिवार र प्रियजनहरूप्रति हार्दिक समवेदना प्रकट गरेको मुख्यमन्त्रीले आफ्नो शोक सन्देसमा उल्लेख गरेका छन्।