गान्तोक: नाम्ची जिल्ला पञ्चायतको पहलमा आज क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा शहरी विकास विभाग मन्त्री भोजराज राई मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। मुख्य अतिथि मन्त्री राईको बाहुलीबाट आधिकारिक क्यालेन्डर विमोचन गरियो।
क्यालेन्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले २०२५ क्यालेन्डरको सफल विमोचनको निम्ति नाम्ची जिल्ला पञ्चायतलाई बधाई दिँदै उनीहरूको २०२३-२०२४ प्रतिवेदनमा उल्लिखित परिणाम प्राप्त गर्न उनीहरूको समर्पणको प्रशंसा गरे।
उनले भविष्यका परियोजनाहरूको लागि दिगो योजना र आर्थिक विकासमालाई महत्त्व दिएर काम गर्नुपर्ने साथै नाम्ची जिल्ला पञ्चायतले समुदायलाई जीविकोपार्जनको प्रभावकारी माध्यमतर्फ मार्गदर्शन गर्न आग्रह गरे। यस प्रकारको कार्य गर्नाले ग्राम पञ्चायत यूनिट र व्लकहरू सञ्चालनको निम्ति सरकारत्मक उदाहरण बन्ने सक्ने सम्भावना व्यक्त गरे। सोही प्रकारले नाम्ची जिल्लाका जिल्ला अध्यक्ष अञ्जिता राजालिमले यस क्यालेन्डर विमोचन कार्यक्रममा उपस्थित भएकोमा स्वागत जनाइन्। उनले वार्षिक क्यालेन्डर २०२५ को आधिकारिक शुरुवातको तयारीमा विगत दुई महिनादेखि लगनशील प्रयास गरेकोमा नाम्ची जिल्लाका जिल्ला पञ्चायतहरूलाई हार्दिक धन्यवाद दिइन्। नाम्ची जिल्लाले अहिलेसम्म हासिल गरेको विभिन्न उपलब्धिहरूबारे पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा प्रस्तुत गरिएको थियो।