गान्तोक: राज्यको खेलकूद एवं युवा मामिला मन्त्रालय, सिक्किम सरकार र युवा मामिला एवं खेलकूद मन्त्रालयको संयुक्त पहलमा आज राजधानीस्थित पाल्जर स्टेडियममा राज्यस्तरीय युवा उत्सवको आयोजना गरियो। यस अवसरमा राज्यका शिक्षा एवं खेलकूद विभाग मामिला मन्त्री राजु बस्नेत मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। यस सांस्कृतिक प्रदर्शन, विज्ञान प्रदर्शनी, कला प्रदर्शनी र मोबाइल फोटोग्राफी जस्ता विभिन्न प्रतियोगिताहरू आयोजना गरिएको थियो। यस महोत्सवका विजेताहरूले जनवरी १० देखि १२, २०२५ सम्म दिल्लीमा आयोजना हुने राष्ट्रिय युवा महोत्सव २०२५ मा सिक्किमको प्रतिनिधित्व गर्नेछन्। कार्यक्रममा खेलकुद तथा युवा मामिला विभाग सचिव एमटी शेर्पाको स्वागत भाषणबाट शुरु भयो। कार्यक्रमलाई सम्बोधन गर्दै सचिवले युवा सहभागिताको महत्त्व र राज्यलाई पहिचान दिलाउन उनीहरूको भूमिकामाथि जोड दिए। उनले सहभागीहरूलाई यो अवसरलाई भविष्यको सफलताको लागि एक पाइलाको रूपमा प्रयोग गर्न प्रोत्साहित गर्दै, कडा परिश्रम गर्न र प्रदान गरिएका अवसरहरूको अधिकतम उपयोग गर्न आग्रह गरे। सोही प्रकारले कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथिले सहभागीहरूलाई राज्यस्तरीय प्रतियोगितामा पुग्न र जिल्ला स्तरमा उनीहरूको सफलताको लागि बधाई दिए। मन्त्रीले उनीहरूलाई राष्ट्रिय प्रतियोगिताको लागि लगनशीलताका साथ तयारी गर्न, राज्यको सद्भाव कायम राख्न र राजधानीको भ्रमणको क्रममा अन्तरक्रिया र सिक्न यो मञ्चको प्रयोग गर्न सुझाउ दिए। उनले कार्यक्रम यस कार्यक्रम आयोजना गर्नको निम्ति विभागप्रति कृतज्ञता व्यक्त गर्दै न्यायाधीशहरूलाई उनीहरूको निष्पक्ष मूल्याङ्कनको लागि धन्यवाद दिए। मन्त्रीले विज्ञान प्रदर्शनीका सहभागीहरूसँग अन्तरक्रिया गर्नको साथै उनीहरूको नवीन परियोजनाहरू र प्रयासको प्रशंसा गरे।