मंगनमा कृषि मेला अनि प्रदर्शनी

IMG-20241227-WA0266

गान्तोक: मंगन जिल्लाको कृषि एवं वागवाणी विभागको संयुक्त पहलमा आज कृषि मेला एवं प्रदर्शनी कार्यक्रम सिक्किम भारतको एक अभिन्न अङ्ग भएको पचास वर्षको अवसरमा आयोजना गरियो। यस कार्यक्रम सुनौलो सिक्किम समृद्ध अनि समर्थ सिक्किम थिम अन्तर्गत आयोजना गरिएको हो। उक्त कार्यक्रमा कृषि एवं वागवाणी विभाग मन्त्री पुरण गुरूङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै कृषि एवं वागवाणी विभागका सचिव जिग्मी दोर्जी भोटियाले कृषि मेला आयोजना गरिनुको महत्वबारे प्रकाश पारे। उनले कृषिको महत्वमाथि जोड दिँदै कृषकहरूलाई उनीहरूको अभ्यास सुधार गर्न बहुमूल्य सुझावहरू दिनको साथै गुणस्तरीय वृद्धि सुनिश्चित गर्न कृषि उत्पादनलाई नजिकबाट अनुगमन गरिने आश्वासन दिए। सोही प्रकारले कृषि विभागका उपनिर्देशक पदम गुरुङले कृषि प्रविधिको बारेमा प्रस्तुति दिए भने बागवानी विभागका निरीक्षक कर्मा छेरिङ डेकीले हरितगृह खेतीबारेमा प्रस्तुति दिइन्। श्री भिसनले केभीके मंगनको प्रभावकारी पहल र योगदानहरू प्रदर्शन गर्ने प्रस्तुति दिइन्। उनको अन्तर्दृष्टिले संस्थाले कृषि नवप्रवर्तनलाई कसरी अगाडि बढाइरहेको छ र क्षेत्रमा दिगो विकासलाई कसरी समर्थन गरिरहेको छ भन्ने कुरा प्रकाश पारिन्।
कृषि क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएकोमा छ जना प्रगतिशील किसानहरूलाई सम्मान गरिएको थियो, जबकि केभीकेद्वारा सञ्चालित भर्मिकम्पोस्ट उत्पादनमा सीप तालिम कार्यक्रम सफलतापूर्वक पूरा गरेकोमा पाँच जनालाई प्रमाणपत्र प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement