मनमोहन सिंहको निधनमा मुख्यमन्त्री र राज्यपालद्वारा स्मरण सहित शोक सन्देश

IMG-20240717-WA0003

कोलकाता: भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको आकस्मिक निधनमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जी तथा राज्यपाल डा. सी. वी. आनन्द बोसले गहिरो शोक व्यक्त गरेका छन्।
मुख्यमन्त्री ममता ब्यनर्जीले शोक सन्देशमा भनिन्, हाम्रा पूर्व प्रधानमन्त्री मनमोहन सिंहजीको अचानक निधनबाट म गहिरो शोक अर दुःखमा छु। मैले उनीसंग काम गरेकी छु र केन्द्रिय मन्त्रीमण्डलमा मैले उनलाई अत्यन्तै नजिकबाट हेरेकी छु। उनको विद्वता र ज्ञान बेजोड़ थियो। देशमा उनले सुरू गरेका वित्तीय सुधारहरूको उपलब्धिलाई व्यापक रूपमा स्वीकार गरिएको छ। देशले उनको नेतृत्वलाई सधैं सम्झ्नेछ। म उनको स्नेहलाई सम्झ्नेछु। उनको परिवार, मित्र तथा अनुयायीहरूप्रति मेरो हार्दिक संवेदना।
त्यस्तै राज्यपाल डा. सी. वी. आनन्द बोसले आफ्नो सन्देशमा भने, माननीय डा. मनमोहन सिंहको दुःखदायी निधनप्रति गहिरो संवेदना व्यक्त गर्दछौं। उनी एकजना प्रिय, विनम्र विद्वान तथा समर्पित लोक सेवक थिएl जसले भारतको प्रधानमन्त्री पदलाई सुशोभित गरे। राष्ट्रले उनलाई प्रेम गर्दछ, राष्ट्रले उनलाई सम्मान गर्दछ। उनी आफ्नो विनम्रता, क्षमता र भारतका जनताप्रति समर्पित र अद्वितीय थिए। उनको आत्मलाई शान्ति मिलोस् र उनका स्मरणहरूले सदैव प्रेरित गरून्। राज्यपालले ती दिनहरूको स्मरण गरे जतिबेला उनले डा. मनमोहन सिंहको नेतृत्वमा कार्य गरेका थिए तथा उनलाई प्रेरणा प्राप्त भएको थियो।
डा. मनमोहन सिंहको ९२ वर्षको आयुमा बिहीवार राती निधन भयो। उनी रोगहरूले ग्रस्त भएका थिए उनको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)-मा उपचार भइरहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement