गुवाहाटी(असम): शहरको पश्चिमी भागस्थित गाड़ी गाउँमा चार दिन अगाड़ि घरभित्रैबाट अपहरण गरेर लगिएका एकजना स्कूल भ्यान चालक र किशोरीको घटनाले नयाँ मोड़ लिएको छ। शुक्रवार गाड़ीगाउँको लुईतपारमा ब्रह्मपुत्र नदीमा स्कून भ्यान चालक र किशाेरीको शव भेटिएपछि सो क्षेत्र र त्यसका आसपासको एरियामा सन्त्राष फैलिएको छ।
मालीगाउँ तथा जालुकबारी थाना पुलिस एवं एनडपीआरएफका जवानहरूले दुवै शवलाई बाहिर निकालेर जाँचबुझ गरेपछि पोस्टमर्टम गर्न पठाइदिएका छन।
आज बिहान मोर्निंग वाकमा हनिस्केका मानिसहरूले ब्रह्मपुत्रको किनारमा पानीभित्र एकजना किशोरीको शव तैरिरहेको देखे। नदी किनार केही टाड़ा जालमा फसेको अर्को शव पनि भेटियो जुन युवकको थियो। यसको सूचना पुलिसलाई दिइयो। ब्रह्मपुत्र नदीबाट युवक र किशोरीको शव भेटिएको खबर फैलिनसाथ मानिसहरूको भीड़ ब्रह्मपुत्र नदीमा लाग्यो।
उक्त सूचना पाउने बित्तिकै मालीगाउँ र जालुकबारी थानाबाट पुलिस तथा एनडीआरएफका जवानहरू घटनास्थलमा आइपुगे सो टीमले नदिबाट शवलाई बाहिर निकाले। मृत युवकको स्कूल भ्यान चालक गाड़ी गाउँ निवासी हीरकज्योति दास र किशोरी लुईतपारकी निवासी १३ वर्षीया कुही हुन्। पुलिसले दुवै शवलाई पोस्टमर्टम गर्न पठाइदिएको छ। पुलिसले घटनाको जाँच गरिरहेको छ।