नगाउँ (असम): जिल्लाको जुरियास्थित महेरीपारमा शुक्रवार भएको आगलागीको घटनामा तीनवटा पक्का घर सहित ६ परिवारको घर जलेर खरानी भएको छ। फायर ब्रिगेडका कर्मचारीहरूले घटनास्थलमा पुगेर वरिपरीका अन्य घरहरूलाई आगलागी हुनबाट जोगए।
मेहरीपारको गुलजार हुसैनको घरबाट अकस्मात सल्केको आगो हेर्दा-हेर्दै आगोले वरिपरीका गुलजार हुसैन, मंजनू अहमद, इकरामुल हुसैन, नजमुल हुसैन, रकिबुल हुसैन र इस्माइल अलीको घर समेतलाई आगोले आफ्नो ळपेटामा लियो मा लियो। सिलेण्डरको ग्यास लिक भएको कारणले आगलागी भएको हुनसक्ने आशंका व्यक्त गरिँएको छ।
स्थानीय मानिहरूका अनुसार फायर ब्रिगेडले समयमा घटनास्थलमा पुगेर वरिपरीका अन्य घरहरूलाई बचायो। घटनास्थलमा पुगेको पुलिसले घटनाको जाँच सुरू गरिरहेको छ। यस आगलागीमा दस्तावेजहरू सहित ५० लाखभन्दा अधिकको धन माल जलेर नष्ट भएको छ।