खरसाङ: अगमसिंह गिरी मञ्च नाट्य-कला संस्थान तीनधारेको आयोजनामा जातीय कवि अगमसिंह गिरीको जन्म जयन्ती पालन गरिएको छ। उक्त कार्यक्रम संस्थाकै प्रमुख सल्लाहकार एवं नाट्य कर्मी विमल दर्जीको अध्यक्षतामा अनि तीनधारे नाट्य जगतका वरिष्ठ नाटककार, अभिनेता साथै निर्देशक एणव पूर्व शिक्षक जेबी गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा दावा दोर्जे लामा विशिष्ट आतिथिको रुपमा उपस्थित रहेका थिए। उक्त कार्यक्रम वरिष्ठ नागारिक कल्याण संगठन भवन तीनधारेमा सम्पन्न गरिएको थियो। कार्यक्रममा कवि अगमसिंह गिरीप्रति द्वीप प्रज्वलन अनि खदा-माला फूल अर्पण गरी जातीय कविप्रति श्रद्धाञ्जली अर्पणका साथै कविको याद अनि सम्झना गरियो। कार्यक्रमको शुरूमा तीनधारेका वरिष्ठ गिटार वादक भुपेन (रञ्जन) गजमेरका दिवाङ्गत पिता स्व एनबी गजमेरको आत्मा शान्तिको निम्ति एक मिनटको मौन धारण गरिएको थियो। कार्यक्रममा संस्थानकै सभापति सुरेश चन्द्र दर्नालद्वारा स्वागत भाषण साथै कवि गिरिको जीवनीबारे वक्तव्य राखे राखिएको थियो। प्राचार्य रवि सुब्बाद्वारा कवि गिरीमाथि आफ्नो भनाई राख्नुका साथै कवि गिरिका ‘तिमी त यहाँ नचिनिने भएछौं’ नामक कविता पठन गरिएी सुनाए। समारोहमा तीनधारेका समाजिक कार्यकर्ता किशोरचन्द्र लोहार, संगीतकार सुरेन बम्जनले पनि कवि गिरीबारे आफ्नो भनाई राखेका थिए। जीटीएद्वारा प्रदान गरिने अगमसिंह गिरी पुरस्कारद्वारा तीनधारेका भूमिपुत्र कवि विचन्द्र प्रधान सम्मानित भएकोमा समारोहमा बधाई दिइएको छ। चाँडै नै संस्थानद्वारा एक समारोह आयोजना गरी तीनधारे क्षेत्रको नागरिकको पक्षबाट सम्बर्ध्दना जनाउने समारोहमा प्रमुख अतिथिकोनरुोमा उपस्थित जेबी गुरूङले संस्थालाई सुझाव राखेका छन्। यसका साथै अब शीतकलीन समयको अन्त्य अनि बसन्त ऋतुको आगमनसंगै संस्थानले फेरि एउटा नाटक मञ्चन गर्ने समारोहमा तय गरिएको जानकारी प्राप्त भएको छ। आजको गिरी जयन्ती समारोहमा गायक गौतम मोक्तान, साहित्यकार कृष्णराज छेत्री, संस्थानका उप सभापति यसमा शंकर प्रधान, कोषाध्यक्ष बाणी सिंह खाती, पीके सेवा र अन्यहरु लगायत वरिष्ठ नागरिक कल्याण संगठनका सदस्यहरू पनि उपस्थित रहेका थिए। कार्यक्रममा संस्थानका संरक्षक दीपक प्रधान, प्रमुख अतिथि जेबी गुरूङ अनि सभाध्यक्ष विमल दर्जीले बक्तब्य राखेका थिए भनी जानकारी प्राप्त भएको छ।