खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ शहर समितिद्वारा प्रधानमन्त्री आवास योजना विषयमा खरसाङ नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन्। खरसाङ टाउन कमिटीको तर्फबाट खरसाङ नगरपालिकाको विभिन्न वार्डहरुमा भफरहेको प्रधानमन्त्री आवास योजनाबारेमा ज्ञापन पत्र बुझाउने कार्य साथै यस विषयमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। भागोप्रमो खरसाङ शहर समितिद्वारा प्रधानमन्त्री आवास योजना विषयमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ र भाइस चेयरम्यान सुवास प्रधानलाई बुझाएका छन् भने प्रधानमन्त्री आवास योजना विषयमा चर्चा परिचर्चा पनि गरेका छन्।

यसावधि आगामी दिनमा प्रधानमन्त्री आवास योजना विषयमा जानकारी लिनलाई कोलकाता जाने भएको र यस टोलीमा भागोप्रमोको सदस्यहरू पनि सामेल हुने बताइएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो खरसाङ शहर समितिको कार्यवाहक सचिव बीरबल पाख्रिनले विस्तृत रुपमा जानकारी गराएका छन्।