खरसाङ क्षेत्रमा घरेलु ग्यासको समस्या भईरहेको सन्तोष तामाङको दाबी

IMG-20241227-WA0227

खरसाङ: खरसाङ बजारमा घरेरू ग्यासको समस्या दिन प्रतिदिन बढ्दै गईरहेको बताइएको छ। ग्यास बुकिङ गरेको १६ दिन पुगी सक्दा पनि मानिसहरूले ग्यास पाउन सकी रहेको छैन भनी सन्तोष तामाङले‌ बताएका छन्। उनले घरेलु ग्यासको समस्या धेरै दिनदेखि देखा परिरहेको जानकारी गराएका छन्‌‌। उनले एक भिडियो जारी गर्दै खरसाङको सिंगेल चियाबारीमा घरेलु ग्यास उपभोक्ताहरुले बुकिङ गरेको १६ दिनसम्म‌ पनि ग्यास नपाएको बताउँदै यो समस्या सिंगेल चियाबारीमा मात्र नभएर खरसाङको अन्यतिर पनि रहेको बताएका छन्‌। सन्तोष तामाङले‌ यसको समाधान चाढै गरिए मानिसहरूलाई राहत पुग्न सक्छ भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement